सुखद खबरः बागलुङका युवामा कोरोना संक्रमण नभएको पुष्टि

दिल शिरीष, बागलुङ

कोरोना भाइरसको संक्रमण भएको आशंकामा धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेशन वार्डमा भर्ना गरिएका एक युवाको रिपोर्ट नेगेटिभ आएको छ ।

भारतको पटनाबाट आएका बागलुङ नगरपालिकाका ती बिरामीको कोरोना भाइरससँग मिल्दो लक्षण सहित अस्पताल पुगेपछि चिकित्सकले तत्कालै उनलाई आइसोलेशनमा राखिएको थियो ।
लगत्तै उनको थ्रोर्ट स्वाब निकालेर काठमाण्डौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँचका लागि पठाइएको थियो ।

बिहिवार आएको उनको रिपोर्टमा कोरोनाको संक्रमण नदेखिएको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले आदर्श अनलाइनलाई बताए । ‘यस्ता बिरामी आएमा हामी तत्काल आइसोलेशनमा राख्छौं र आवश्यक जाँच अघि बढाउछौँ, यस्तो लुकाउनु हुन्न भन्नेमा हामी सचेत छौँ’, डा. पोखरेलले भने,‘यसले जिल्लामा ठुलो भय र सन्त्रास पैदा गरेको थियो, अब कम हुनेछ तर घर भित्रै बसेर सुरक्षित हुन भने जरुरी छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *