गलकोटमा पिकअप दुर्घटना हुँदा तीन जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा पिकअप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुत्रबार विहान रा १ ज २०० नम्बर को पिकअप जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।

मृत्यु र घाइते हुने कसैको पनि पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।

घाइतेलाई धौलागिरी अस्पताल बागलुङमा पठाइएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । पिकअप मध्यपहाडी लोकमार्गदेखि करिब ३०० मिटर तल खसेको उहाँको भनाइ छ । थप विवरण आउन बाँकी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *