गलकोट जीप दुर्घटना अपडेट : पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु


आदर्श अनलाइन, बागलुङ

बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा पिकअप जीप दुर्घटनामा मृत्युहुने तीन जनामध्ये एक जनाको सनाखत भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा पुथा उत्तरगंगा गाउँपालिका रुकुम पूर्वका गाउँपालिका उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रताप पौडेलले बताउनुभयो ।
अन्य मृतक एक पुरुष र एक महिलाको पहिचान भने अझै खुल्न सकेको छैन ।

शुक्रबार विहान पुथा उत्तरगंगा गाउँपालिकाको रा १ ज २०० नम्बर को पिकअप जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको हो भने एक जना गम्भिर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले गाउँपालिका उपाध्यक्षको परिचय पत्रका आधारमा पहिचान खुलेको जानकारी दिनुभयो ।

घाइतेलाई धौलागिरी अस्पताल बागलुङमा ल्याइदै गरिएको छ ।

जीप मध्यपहाडी लोकमार्गदेखि करिब ३०० मिटर तल खसेको अनुमान गरिएको छ । जीप बागलुङबाट रुकुम पूर्व तर्फ जादै गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *