बडिगाड–७ मा निर्माण भए १२ शैयाको क्वारेन्टाइन

डम्मर बुढा मगर, बागलुङ
बडिगाड गाउँपालिका वडा नम्बर ७ ले कोरोना संक्रमणको संभावित जोखिमलाई मध्य नजर गरी क्वारेन्टाइन निर्णमा गरेको छ ।

वडा कार्यालयले भिमगिठे माध्यमिक विद्यालयमा १२ शैयाको क्वारेन्टाइन निर्माण गरेको वडा अध्यक्ष कृष्ण गुरुङले जनारकारी दिनुभयो ।

उहाँको अनुसार विद्यालयमा ५ वटा सामान्य र ७ वटा विषेश गरि १२ वटा क्वारेन्टाइन निर्माण भएका छन् । अध्यक्ष गुरुङले ५ वटामा आशंका लागेकालाई राख्ने र ७ वटामा संक्रमण भएकाहरुलाई राख्ने गरि निर्माण गरेको बताउनुभयो ।

सामान्य ५ वटा क्वारेन्टाइनमा बिस्तरा र केही सामानहरु राखिएको र अन्य ७ वटामा शौचालय सहित आवश्यक सामानहरुको व्यवस्थापन गर्न थालेको अध्यक्ष गुरुङले बताउनुभयो ।

‘अहिले कुनै त्यस्तो केस आएको छैन, भावि संभावित जोखिमलाई ध्यानमा राखेर क्वारेन्टाइन बनाएका हौँ’ अध्यक्ष गुरुङले भन्नुभयो ।

उहाँले एक जना भारतबाट केही समय अघि घरमा आएको भन्दै उनको अवस्था बुझेर क्वारेन्टाइनमा राख्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *