याम बहादुर थापा मगर
पत्रकार महासंघमा आबद्ध भइरहने इच्छाशक्तिमा तुषारापात
मैले गाऊँबाट उच्च शिक्षा हासिल गर्ने शिलशिलामा समाचार,लेख,कविताहरु लेखेर बागलुङ बजारबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकाहरुमा छपाउने गर्दथे । नेपाल पत्रकार महासंघ बागलुङको सदस्य हुनको लागि वि.स.२०५५ साल तिर निवेदन दिए पनि महासंघको सदस्यता राजनीतिक विचाराधारामा फरक आस्थाका कारण नारायणदत्त कंडेल अध्यक्ष भएको कार्यकालमा पाउन सकिन । त्यसपछि दोश्रो पटक वि.स.२०५८,२०५९ सालमा दोश्रो पटक निवेदन दिएर सदस्यता पत्रकार महासंघको हासिल गरेको थिए । केही समयपछि म दुई पटकसम्म नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङको तर्फबाट केन्द्रीय सभासदमा निर्वाचित भएको थिए । त्यही समय अवधीमा राष्ट्रिय समाचार समिति धौलागिरी अन्चल कार्यालय बागलुङमा छोटो समय काम गरे । प्रेस चौतारी नेपाल शाखा बागलुङको अध्यक्ष र प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य समेत निर्वाचित भएको थिए । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको वार्षिक साधारण सभामा केन्द्रीय सभासद भएका कारणले काठमाडौ, नेपालगञ्ज,पोखरा सहभागी भएको थिए ।
पत्रकारीता पेशाबाट मैले व्यक्तित्व विकास सहित वृत्ति विकासका लागि लोक सेवा आयोगको परिक्षा पास गरेर खरिदार र लेखापाल पदमा स्थायीत्वका लागि निजामति सेवामा कामकाज गर्न थाले । निजामति सेवा प्रवेश गरे पनि नियमित लेखनशिप कार्यलाई निरन्तरता दिदै आएको थिए । शाखा अधिकृतको तयारी सँगसगै राजनीतिशास्त्र र सार्वजनिक प्रशासनमा स्नातकोत्तर तहको परिक्षा पास गर्नका लागि लेख्ने र लेखको परिमार्जन सहित पत्रपत्रिका तथा अनलाइन पोर्टलमा प्रकाशन गर्ने बानीमा गिरावट आएको थिएन । स्नातकोत्तर तहको समाजशास्त्र मानवशास्त्र तहको अध्ययनलाई पुरा गर्न सकिन । तर नेपाल पत्रकार महासंघको केन्द्रीय विधान बमोजिम साधारण सभाले पत्रकारहरु सुढीकरण अभियान थालनी गरी राजनीतिक पार्टीका पदाधिकारी, जनप्रतिनिधिहरु, निजामति सेवाका कर्मचारीहरुलाई पत्रकार महासंघको सदस्य हुनबाट रोकी सदस्यता नविकरण नगर्ने नीति विधान पारित गर्यो । तर मैले निरन्तर रुपमा आफनो रुचि र इच्छाका कारणले लेखन कार्यलाई कायम गरेका कारणले मैले पत्रकार महासंघको सञ्जालमा आजिवन आबद्ध हुने योजना र सोच रहेको थियो । नागरिक समाज,राज्यको चौथो अंगका रुपमा परिचित भएकाले सेवा निवृत्त फुर्सदको समयमा पत्रकारीता पेशालाई उपयोग गर्न सकिन्छ भन्ने सोच भएको थियो । तर नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माण कार्य अभियान चलेको थियो ।
भवन निर्माणका लागि पाँच हजार एक सय दान गरेर शिलालेखमा नाम लेख्ने अभियानमा जोडिएको थिए । पत्रकार महासंघका अध्यक्ष दिल शिरीषको कार्यकालमा सदस्यता नविकरण गर्न पटक पटक अनुरोध गरेको थिए । वार्षिक रुपमा पत्रकार महासंघको सदस्यता नविकरण गरि आवद्धता भै रहने इच्छाशक्ति र योजनामा सदस्यता नविकरण नभई तुषारापात भएर निराशा बन्न पुगे । म लगायत थुप्रै साथीहरु राजनीतिक पार्टीको पदमा आवद्ध र जनप्रतिनिधीहरुले समेत पत्रकार महासंघको सदस्यता नविकरण गरि निरन्तर सदस्य बनीरहने योजना अवरुद्ध भएको थियो । तर मलाई फुर्सदको समय व्यवस्थापन भएमा पत्रकार महासंघको विभिन्न कार्यक्रममा सहभागी हुन रुचि लाग्दछ । सामाजिक सञ्जालबाट जानकारी भएपनि सहभागी हुने गरेको छु । मलाई नेपाल पत्रकार महासंघ शाखा बागलुङको भवनमा रहेको सुचना प्रविधि कक्ष र पुस्तकालय कक्षमा भएको थुप्रै पुस्तकहरु अध्ययन गर्ने योजना र सोच ममा अगाध रुपमा रहेको छ । अहिले मसँग भएका पत्रकार महासंघको कार्यक्रममा सहभागी भएका पुराना फोटोहरु, कार्डहरु, प्रतिवेदनहरु घरको रयाकमा देख्दा विगतका दैनिकीहरु ताजा रुपमा स्मृतिका पानाहरु ताजा बनेर इतिहास आँखा अगाडी आउँदछ । आगामी दिनमा विधान संशोधन भएमा मैले पुनः पत्रकार महासंघको सदस्यता लिन मिल्ने नीति र विधि आएमा आवद्ध हुन चाहान्छु । वैधानिक रुपमा पत्रकार महासंघको सदस्य नभए पनि गतिविधिहरुका बारेमा नियमित सम्पर्क हुन चाहन्छु ।
टपरीमा विवाह भोज खादाको अनुभव
म झन्डै नौ दश वर्षको उमेरको समयमा हुनुपर्दछ । भकुण्डे, अर्वाउदीको मगर समुदायको विवाह संस्कार अनुसार पहिला केटा केटी मिलेर विवाह गर्ने हुन्छ । केटा केटीहरु भएपछि वा विवाह भएको केही वर्ष पछि ढोग भेट फुकाउने भन्ने संस्कार रहेको हुन्छ । मगर समुदाय अधिकांशको प्रेम विवाह हुने गर्दछ । मागी विवाह कोही कोहीको औलामा गन्न सकिने मानिसहरुले गर्दथे । अझ कसै कसैले त मामाको छोरी साली नानीको हक लाग्दछ भनेर विवाह गर्ने चलन चल्ती रहेको पाइन्छ । तर आजभोलि सचेतना बढदै गएकोले मामाको छोरी विवाह गर्ने चलनमा कमी हुदै आएको छ । तर केटी भन्दा केटाको हकमा श्री सम्पत्ती बढी भएमा र लाहुरे सहित अन्य आम्दानी वाला भएमा मामाको छोरी विवाह गरिदिने प्रभाव र दबाव हुन्छ । तर केटा पक्ष आर्थिक स्तरमा कमजोर भएमा त्यति वैबाहिक सम्बन्ध नभएको पाइन्छ । त्यसै बमोजिम म सानो छदाँ अहिलेको जस्तो थालीमा भोज खुवाउने चलन थिएन । बनमा गएर कटुसको पात, सालको पात, मयाको पात सकलन गरेर टपरी बनाई भोजमा प्रयोग गर्दथे । विवाह भोज गर्न नसक्नेहरुले चाडपर्व तथा विवाहको लगन पारेर थोरै जनाको उपस्थितीमा सम्पन्न गर्दथे । विवाह भोजमा केटा केटीहरु बढी हल्ला गर्ने भएकाले प्राथमिकतामा पारेर छिटो भोज खान दिन्थे । हामी केटा केटीलाई विवाह सस्कारमा के के गर्नुपर्दछ भन्ने बारेमा चासो दिदैनथ्यौ । पञ्चे वाजा भए नाच गान र भोजमा ध्यान केन्द्रित हुन्थ्यौ ।
भोजमा सालको टपरीमा केटा केटीहरुलाई जम्मा गरेर भोज खान दिन थाले । भोजमा दाल, भात, तरकारी थियो । टपरी चुहिएर जति पटक दाल थपे पनि भात मात्र हुन्थ्यो । दाल थप्ने भान्छेले हैन केटा केटीहरुले कति धेरै दाल खाएको भनेर भन्थे । तर हाम्रो भातमा दाल नमोलिएर सिधै टपरीबाट चुहिएर भुइमा जादा भात स्वादिष्ट तरिकाले खाना नपाएको बालापनको अनुभव छ । सायद मैले जस्तै टपरी चुहिएर राम्रोसँग भोजमा भात खानेहरु सबैले यस्तै मनोदशा बेहोरेको हुनुपर्दछ ।
भोज भटेर आयोजना गर्दाको समयमा अधिकांश गाऊँ भरी नै त्यस्तै चलन थियो । जन्ती जानु पर्ने, जन्तीले बेहुलीलाई लामो बाटोसम्म बोकेर ल्याउनुपर्ने चलन थियो । डोलीलाई राम्रोसँग बोक्नुपर्ने छ भनी माइती पक्षबाट अनुरोध गर्दथे । जन्ती भएर जानु भन्दा अगाडी कोशेली स्वरुप भारीका भारी रोटी,रक्सी, तरकारी बोकेर जानुपर्ने चलन थियो । विवाहमा जादाँ जन्तीहरुलाई कुनै गाऊँमा सिस्नु लगाउने चलन छ रे भन्थे तर मैले अनुभव गर्न पाइन । अहिले भने विवाह, वर्तवन्धमा समाजका टोल टोलमा भाडा डेक्ची, कचौरा, थाली किनेर प्रयोग गर्ने गरेको पाइन्छ । त्यस बेलामा साना केटा केटी भएकोले सबै थाहा पाउन सकिएन । छिमेकीहरु मिलेर बनमा कटुस, सालको पात टिप्न जान्थे र टपरी बनाउने गरेको प्रचलन अहिले सम्झदा बातावरण मैत्री र जलबायुको हिसावले बहुत अनुकुलन रहेछ भन्ने ज्ञान हुन्छ । अहिले त चाइनिज टपरी, पेपर ग्लास, प्लाष्टीक प्लेट, कप भनेर वातावरण बिग्रीने, कार्बन उत्पादन गर्ने र उर्बर माटो बिगार्ने प्रदुषण युक्त सामान प्रयोग गरेर आधुनिक मानिस बनेको पाउन सकिन्छ ।
नेपालगन्जमा जादाँ तामनगरमा आफन्तसँग भेटन नपाउँदा
नेपाल पत्रकार महासंघ शाखा बागलुङको टोली केन्द्रीय साधारण सभामा सहभागी हुन नेपालगन्ज, बाँकेमा जानु पर्ने कार्यक्रम थियो । बागलुङ देखि टाढा भएकोले जिप रिर्जभ गरेर जानुपर्ने भएकोले सबै केन्द्रीय सभासदहरु जानुपर्ने भए पनि सबै साथीहरु नजाने जानकारी आएको थियो । एउटा जिपमा शाखा अध्यक्ष हरिनारायण गौतम, केन्द्रीय सभासद श्रीप्रसाद शर्मा हाल नेकपा एमालेका नेता , लाल प्रसाद शर्मा हाल पोखरामा ढोरपाटन दैनिकमा कार्यरत प्रकाश बराल हाल कान्तिपुर दैनिकको उप सम्पादक बागलुङ लगायत म पनि यात्रामा सहभागी थियौ । बाटोमा विश्राम लिदै लामो यात्रा भएकोले विस्तारै जस्तो यात्रामा सहभागी थियौ । खाजा पानी लिएर जब हामी बुटवल बजारमा प्रवेश गरे पछि मेरो फुुपुको छोरा राजु थापा मगरलाई फोन गरी तामनगर हाइवे चोकमा भेटनका लागि साथीहरुको माझमा मोबाइल मार्फत जानकारी दिए । मैले जिपमा सहभागीहरुलाई सबै जानकारी गराउँदै डाइभ्ररलाई समेत जानकारी गराएको थिए । टाढाको आफन्त भएकोले लामो समय देखि भेटघाट समेत नभएकोले बाटोमा पर्ने भएकोले छोटो भेटघाट गर्नलाई समय मिलेकोले साथीहरु सबैले सहर्ष स्वीकार गर्नुहुन्छ भन्ने विश्वास र भरोसा मलाई थियो ।
यात्रामा रमाइला रमाइला गफ, किस्सा देखि राष्ट्रिय अन्तराष्ट्रिय परिवेशका बारेमा छलफल हुन्थ्यो । पत्रकार महासंघ शाखा अध्यक्ष हरिनारायण गौतमले व्यवस्थापन गरेको जिप भएकोले डाइभ्रर मसँग नजिकको चिनजान र सम्बन्ध थिएन । बाटोमा गफ गर्दाको सात आठ घण्टाको यात्रा बिचको चिनजान थियो । बुटबल बजारबाट तामनगर बजार पश्चिम तिर धेरै टाढा थिएन । मैले तामनगर आउदाँ रोक्नुहोला भनेर फेरी दोहोरो पटक जानकारी दिदाँ कसैले पनि केही पनि प्रतिक्रिया नदिएर चुपचाप बसे । हुन्छ पनि भनेन र हुन्न पनि भनेन । म यात्राको समुहमा उमेर पदीयका हिसावमा जुनियर थिए । सबैका आफन्त, नाता हुन्छन् नै । उनीहरुले पनि आफन्तलाई भेटघाट गर्न गएका होलान भन्ने लाग्दछ । तर जब तामनगर नजिक आउँदा पुनः मैले फोन गरेर जिप नम्बर समेत भनेर साइट लगाएर बस्नु भन्दै फोनमा कुराकानी गरेको थिए । जिप अलि तिव्र गतिमा सडक फराकिलो भएकाले थियो । तमानगर भन्दा यता आउने टोलहरुको सबै नाम मलाई थाहा थिएन । फुपुको छोरा राजु थापा मगर .मोटरसाइकलमा सवारी थिए । मैले पुनः जिप तिव्र गतिमा भएकोले रोक्नलाई आग्रह गरे । तर जिप निरन्तर रुपमा गुडिरहेको थियो । त्यसै समय अध्यक्ष हरिनारायण गौतमले सारासर अगाडी जानका लागि डाइभ्ररलाई सांकेतिक भाषामा निर्देशन दिए । एता राजु थापाले मलाई फोन गरेर कहाँ आउनु भयो । म तामनगर चोकमा नै पर्खेर बसी रहेको छु भन्दै गर्दा हामी तामनगर चोक काटेर धेरै पश्चिम तिरको यात्रा कुदिरहेका रहेछौ । मैले डाइभ्ररलाई एकछिन रोक्नका अनुरोध गरेर फोनको जवाफ दिदाँ त धेरै दुरी पार गरेको जानकारी भयो । डाइभ्ररले रोक्न भन्दा मैले पटक्कै मानेन ।
राजु थापा हामी धेरै टाढा आएछौ तामनगरबाट पश्चिम तिर । नेपालगञ्ज पुग्न राति अबेर हुने भएकोले गाडी रोकेनन । फर्कने समयमा मिलेमा भेटघाट गरौला भन्दै नमिठो र दुखदायी क्षणको यात्रा भयो । त्यस यात्रामा रहेका अरु वरिष्ठ भनि पत्रकार महासंघका केन्द्रीय सभासदहरुले समेत केही शब्द पनि बोलेन । छोटो समयका लागि एक छिन रोकौ, फ्रेस पनि भइन्छ एक छिन ओर्लेर चिया पिउँला भनेन । एक काम दुई पन्थ हुन्छ भन्ने सोच र जवाफ कोही कसैबाट नआएको यात्राको सस्सरण आजका दिनसम्म पनि ताजा रुपमा मनमा अमिलो र गाँठो पारेर सम्झिने घटनामा परिरहन्छ । फेरी प्रकाश बरालको तनहुँ को आफन्तको घर चिया र पानी पिउन भेटघाट गर्न तथा प्रकाश बरालको विवाहको चर्चा गर्ने समयसम्म जीप रोकिएको थियो । तमाननगर कटेपछिको यात्रामा मेरो मनमा तनाव, खिन्नताको आभास भै रहयो ।
अनुहारमा चमकता आएन । थप साथीहरुबाट खिस्सा,चुटकिला, केही आएनन । यात्रा नेपालगन्जसम्मको थियो । राती पुग्ने काम भएपछि वास बस्न नेपालगञ्जमा राम्रा होटल नपाएकोले कोहलपुरमा बसेपछि विहानपख प्रेस चौतारी नेपालको केन्द्रीय समितिको बैठक, दिउँसो नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण उदघाटन कार्यक्रम थियो । तत्कालीन राष्ट्रपति राम वरण यादवबाट उदघाटन भएको थियो । मलाई आज पनि पत्रकार महासंघको कार्यक्रम सम्झीदा तमानगरको घटना याद आउँछ । त्यस यात्रामा सहभागीहरु अहिले पनि प्रत्यक्ष भेट हुँदा कहिले काँही याद आउँछ । सबै आफनो स्वार्थको लागि मात्र चुपचाप बस्ने हुँदा रहेछन । अन्तरनिहित स्वार्थ नमिल्दा सम्म अरुका लागि राज्यको चौथो अगंका अभियन्यता समेत मौन बसेको अनुभव गर्न पाए । तपाई जो सुकै हुनु होओस कि सहयोग र स्वार्थ नमिल्ने हो भने मुख दर्शक संसार पाइन्छ भन्ने सहकर्मीहरुबाट तितो अनुभव गरेको छु । साथीहरुमा मानवता, अनुशासन,मानव अधिकार, सुचना अधिकार आफुमा लागु नहुने गरी अवचेतनहरुका दिमाग भुटने गरी लागु भएको पाउँछु । जय श्री पत्रकार महासंघ ।