कोरोना रोक्न अस्पतालमा औषधि छरियो,नगर क्षेत्रमा छर्कने तयारी

आदर्श अनलाइन,बागलुङ

धौलागिरी अञ्चल अस्पतालले अस्पताल परिसरको भीडभाड हुने स्थानमा कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्कन सुरु गरेको छ।

अस्पताल परिसरमा बिहीबार कीटनाशक औषधि छर्न सुरु गरिएको हो। कोरोना भाइरसको संक्रमणलाई अस्पताल क्षेत्र भित्र फैलिन नदिन कीटनाशक औषधि छर्न सुरु गरिएको धौलागिरी अञ्चल अस्पतालका अध्यक्ष केवी राना मगरले आदर्श अनलाइनलाई बताए।

यता, बागलुङ नगरपालिकाले पनि नगर क्षेत्रका भीडभाड हुने ठाउँहरुमा कीटनाशक औषधि छर्ने तयारी गरेको छ। अहिले औषधि ल्याउनका लागि पहल भइरहेको र कोरोनाको जोखिम कम गर्न सबैखाले विकल्प र उपायलाई आत्मसाथ गरिने बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले आदर्श अनलाइनलाई बताए । मेयर पौडेलले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन नगरबासीसँग आग्रह गरेका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *