जेसीज सप्ताह सम्पन्न, वक्तृत्वकलामा चिल्ड्रेन लाइफकी प्रमिशा उत्कृष्ट

आदर्श अनलाइन, बागलुङ

युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीज वर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताहको सोमबार समापन भएको छ ।

बिभिन्न खेलकुद, साँस्कृतिक तथा अन्य रचनात्मक कार्यक्रमसहित सात दिनसम्म संचालन भएको सप्ताह सोमबार विद्यालय स्तरीय वक्तृत्वकला गरी समापन गरिएको हो ।

सप्ताहको अन्तिम दिन २४ औँ स्वर्गिय प्रगति कुमार स्मृति विद्यालय स्तरीय वक्तृत्वकला र समापन कार्यक्रम गरिएको हो ।

‘पहल, नवप्रवर्द्वन र प्रभाव’ विषयक वक्तृत्वकलामा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका छात्रा प्रमिशा केसी उत्कृष्ट र पाङ धैरेनी माविका छात्रा सोनी रिजाल सान्त्वना हुन सफल भएका छन् ।उनीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रम समापनको अबसरमा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले युवा विद्यार्थी भनेको देश विकासको आधार भएकाले सकरात्मक सोचका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।

उहाँले युवाहरुको क्षमता विकास र सामाजिक कार्यमा सक्रिय जेसीजले आम नागरिकलाई पनि सत्कर्ममा लाग्न प्रेरित गरेको बताउनुभयो ।

कार्यक्रममा बागलुङ जेसीजका निवर्तमान अध्यक्ष एवम् नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष सौरभ श्रेष्ठ, बागलुङ नगरपालिका वडा नं. २ का अध्यक्ष सुरज बोसेल, स्वर्गिय प्रगति कुमार स्मृति कोषका संरक्षक कृष्णबहादुर श्रेष्ठ र विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बागलुङ जेसीज वर्ष २०२४ का अध्यक्ष गणेश महतोको अध्यक्षता, मुल संयोजक एंव कार्यकारिणी उपाध्यक्ष बलराम कँडेलको स्वागत तथा कार्यकारीणी उपाध्यक्ष एंव कार्यक्रम संयोजक बिन्दा कार्की सोनीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *