काठेखोला गाउँपालिकाद्वारा रेशका पसल अनुगमन

आदर्श अनलाइन, बागलुङ
बागलुङको काठेखोला गाउँपालिकाले वडा नम्बर ७ मा सञ्चालित खुद्रा किराना तथा खाजाघरको अनुगमन गरेको छ । गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाको संयोजकत्वमा रेशका २७ वटा पसलको अनुगमन गरेको हो ।

अनुगमनमा सुशासन तथा क्षमता विकास समिति संयोजक वृहस्पति शर्मा, राजश्व शाखा प्रमुख प्रकाश पौडेल, सहायक लेखा अधिकृत खडानन्द कंडेल, रोजगार शाखा प्रमुख जनक पौडेल, एमआईएस अपरेटर अञ्चल थापा, उधम विकास सहजकर्ता टिकाराम बाठा, प्राविधिक विशाल पण्डित, प्रहरी चौकी अक्षतेको टोलि सहित इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्त र पत्रकार नवराज परियारको उपस्थिती रहेको थियो ।

अनुगमनको क्रममा प्राय सबै किराना पसलहरुमा म्याद गुज्रिएका अखाद्य वस्तुको विक्रि वितरण भएको पाइएको छ । पसलहरुमा म्याद गुज्रिएका पेय पदार्थ, मैदा, विस्कुट, सुजी, चाउचाउ भेट्टिएको छ । उपभोत्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरि म्याद गुज्रिएको वर्षाै भएका किराना सामग्री समेत विक्रि हुँदै आएको पाइएको छ ।

अनुगमन टोलिले म्याद सकिएका सामग्रीहरुलाई तत्काल छुट्याएर नष्ट गर्ने वा फिर्ता गर्न सुझाव दिएको छ । पहिलो पटक अनुगमन गरिएको भएर अनुगमन टोलिले तत्काल स्थानीय तहमा दर्ता गर्न, नविकरण नभएका व्यवसायलाई नविकरण गर्न, उपभोत्ताको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने सामाग्री विक्रि नगर्न सल्लाह दिएको गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापाले बताउनु भयो । अधिकांश किराना पसलहरु पर्यटन तथा उद्योग कार्यालयमा दर्ता भएपनि स्थानीय तहमा भने दर्ता नभएको पाईएको छ ।

अनुगमनको क्रममा गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले गाउँ गाउँका खुद्रा विक्रेताहरु सदरमुकामका होलसेल विक्रेताबाटै ठगिएको पाइएको बताउनु भएको छ । ६ महिना पहिले म्याद गुज्रिएका सामान होलसेल विक्रेताले गाउँका व्यापारीलाई केही दिन पहिले मात्र विक्रि गरेको पाइएको उहाँले बताउनु भयो ।

अनुगमनका क्रममा अधिकांश व्यापारीलाई होलसेलबाट सामान खरिद गर्दा विक्रि गर्न मिल्ने मिति हेर्नु पर्छ भन्ने समेत जानकारी नभएको पाइएको छ । उनिहरुले आगामी दिनमा विक्रि वितरण गर्दा प्रत्येक सामानको म्याद हेर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

गाउँपालिकाले एक साताभित्र स्थानीय तहमा व्यवसाय दर्ता गर्न आग्रह गरेको उपाध्यक्ष थापाले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *