घरबासको आकर्षण : प्रकृति र परिकार

आदर्श अनलाइन, बागलुङ

घरबासमा पाहुना आकर्षण गर्ने माध्यम हो प्रकृति र परिकार । प्रकृतिमा रमाउदै अर्गानिक खानाका परिकार चाख्नका लागि आन्तरिक पर्यटकहरु घरबास पुग्ने गरेका छन् । स्थानीय उत्पादनलाई स्वादिष्ट परिकार बनाउदै पाहुनाको मन जित्नका लागि बागलुङका चार घरबासका सञ्चालकहरु तयारी भएका छन् । काठेखोला गाउँपालिकाका चार घरबासका सञ्चाकले खानाका स्वादिष्ट ३० थरीका परिकार बनाउन पोख्त भइसकेका छन् ।

उनीहरुलाई तालिम दिएर गाउँ घरमै उत्पादन भएका कृषि उपजलाई पहुनाले खोजेको स्वादमा पस्कनका लागि अब्बल हुन थालेका हुन् । पाहुनालाई ३० थरीका परिकार चखाउन सकिने व्यवस्था मिलाइएको छ । पाक कलामा पोख्त मनिषा श्रेष्ठले बागलुङका चार घरबासमा आएका पाहुनालाई स्वादिष्ट खानाका थरी–थरी परिकार बनाउन सिकाउनुभएको थियो ।

सञ्चालकले श्रेष्ठले सिकाए अनुसार चिया देखि जुस सम्म र ढिडो देखि मासुका परिकार बनाउन सिकेका छन् । १२ दिन भित्र चार घरबासका ८० सञ्चालकलाई ३० थरीका परिकार बनाउन सिकाउनुभएको श्रेष्ठले पाहुनाको रोजाई अनुसारको खाना बनाउन सकेमा घरबास दीगो चल्ने बताउनुहुन्छ ।

ग्लोबल नेपलिज सेफ फेडेरेशनका सदस्य तथा घरबास महासंघ नेपाल बागमतीका सदस्य श्रेष्ठ अहिले घरबासका सञ्चालकलाई खानाका परिकार बनाउन सिकाउने अभियानमा व्यस्त हुनुहुन्छ । बागलुङ बसाईका क्रममा खानाका परिकार बनाउन घरबास सञ्चालकलाई जागरुप बनाउनुभएको थियो ।

स्थानीय खानाका परिकारलाई थरी थरीको स्वादमा पाहुनालाई पस्कनका लागि सीप सिक्न आवश्यक रहेको श्रेष्ठ बताउनुहुन्छ । घरबासमा प्रकृतिक वातावरण संगै खानाको परिकारको स्वाद लिन पर्यटकहरु पुग्ने भएकाले रुची अनुसार परिकार पस्कनाका लागि घरबास सञ्चालकहरु तयारी भएका छन् । श्रेष्ठले बागलुङको काठेखोला गाउँपालिकाका चार घरबासमा ३० थरीका खानाका परिकार पकाउन सक्नेगरी सञ्चालकलाई भदौ पहिलो साता प्रशिक्षण दिनुभएको थियो । पशिक्षण संगै उनिहरुले खानाका परिकार बनाउन व्यवहारमै उतार्न थालिसक्नु भएको छ ।

काठेखोला गाउँपालिका–५ स्थित शिवधुरी सामुदायिक घरबास, काठेखोला गाउँपालिका–७ रेशको बौर सामुदायिक घरबास, काठेखोला गाउँपालिका–३ धम्जा स्थित देउराली सामुदायिक घरबास र काठेखोला गाउँपालिका–८ लेखानीको खानीगाउँ सामुदायिक घरबासका २०÷२० जान सञ्चालकलाई घरबासमै पुगेर घरबास व्यवस्थापन तथा खानाका परिकार बनाउने तालिम दिइएको थियो ।

“लहडमा आएर खुलेका घरबास चल्दैनन्, अबका घरबास प्राकृतिक शुन्दरता, सरसफाई तथा स्वादिष्ट खानाका परिकार चखाउन सक्ने हुन आवश्यक छन्, मकैको खिर देखि आलुका परिकार, चियाको स्वाद देखि मासुका परिकार पस्कन आवश्यक छ” श्रेष्ठले भन्नुभयो “घरबासमा पुगेका पाहुना पैसा खर्च गर्न पुगेका हुन्छन् भन्ने हुँदैन पाहुनाको रोजाई अनुसार खानाका परिकार पस्कन सके पैसा कमाउन समस्या छैन, कम्तिमा घरबास सञ्चाकले ३० थरीका परिकार बनाउन सिपालु हुन पर्दछ ।”

तालिमका क्रममा शैद्धान्तिक संगै खानाका परिकारनै बनाएर देखाइने र सञ्चालकलाई समेत खानाका पारिकार बनाउन सिकाइने भएकाले तालिमले घरबास सञ्चालकलाई उत्साहित बनाएको उहाँको भनाई छ ।

एक दर्जन खानाका परिकार त हामीले परम्पराकालदेखिनै बनाउदै आएपनि त्यही खानाको परिकारलाई नयाँ स्वादमा पस्कन सिकेको धम्जा देउराली सामुदायिक घरबासमा सञ्चालक अनिशा थापाले बताउनुभयो । उहाँले स्थानीय स्तरमै पाइने आलु, सिस्नो देखि कोदो परिकार बनाउने नयाँ तरिका सिक्दा घरबासका पाहुँनालाई नयाँ परिकार चखाउन उत्साहित भएको बताउनुभयो ।

हिमऋङ्खला हेर्दै अर्गानिक परिकारका स्वाद लिनका लागि चार पटक बागलुङ बजारबाट काठेखोलाको धम्जा पुगेको शंकर जिसीले बताउनुभयो । उहाँले धम्जाको बेलढुङ्गा, देउराली लगायतका कारण धम्जामा घरबास पर्यटन फष्टाएको बताउनुभयो । धम्जाको ओख्लेमा ६ वर्षदेखि बलेढुङ्गा सामुदायिक घरबास सञ्चालनमा आएको थियो भने यसै वर्षदेखि धम्जा देउराली घरबास थपिएको छ ।

घरबास सञ्चालनमा आएपनि घरबास सञ्चालकको क्षमता बढाउनका लागि पहिलो चरणमा काठेखोला गाउँपालिकाका चार घरबासलाई खानाका परिकार बनाउन र आतिथ्यता सम्बन्धी तालिम दिइएको नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका सचिव उमेश गौतमले जानकारी दिनुभयो । उहाँले घरबासलाई चलायमान बनाउन सञ्चालकहरु आतिथ्यता र परिकार बनाउन अब्बल हुन आवश्यक रहेको बताउनुहुन्छ ।

घरबासमा आतिथ्यता सम्बन्धी तामिल दिदै आउनुभएका सुरज बास्तोलाले घरबासको दीगोपनाका लागि सञ्चालकहरु सक्षम रहन आवश्यकता रहेको बताउनुभयो । उहाँले समुदायको आर्थिक उपार्जन संगै पर्यटनको विकासमा घरबास महत्वपूर्ण सावित हुँदै आएको घरबास महासंघ नेपालका कोषध्यक्ष समेत रहनुभएको बास्तोलाको भनाई छ ।

घरबासमा चाख्न पाइन्छ ३० थरीका परिकार

नेपालका घरबासमा ३० थरीका परिकार चाख्न पाइने घरबास प्रशिक्षक सुरज बास्तोला बताउनुहुन्छ । उहाँले नेपालका अधिकांश घरबासमा अर्गानिक कृषि उपजको परिकार बनाइने बताउदै त्यही कृषि उपजलाई फकर शैली र स्वादमा थरी थरीका परिकार बनाउन सकिने बताउनुभयो । ३० थरीका खानाका परिकार बनाउन बागलुङको काठेखोला गाउँपालिकाका घरबास सञ्चालकहरु अब्बल हुन थालिसक्नुभएको छ ।

घरबासमा तिबतियन रोटी, थेन्दुक, मुलाको पकौडा, आलुको अचार, दूध चिया, फापरको केके, जिरा आलु, मेथी आलु, आलुको पकौडा, टिम्मुरे आलु, सागको पकौडा, चिउराको पुलाउ, जाम, केराको चिप्स, अण्डा, अण्डाको अम्लेट, फर्सीको हलुवा, कोदोको सुप, झानेको सागको परिकार चाख्न पाइने छ ।

यस्तै मकैको बिस्कुट, मकैको खिर, सिस्नोको सुप, हाँसको छोयला, पुलाउ, जिरा भात, जागर भात, जोगी भात, झोल तरकारी, चिकेन, मिक्स अचार, चिकेन फ्राइ, कक्टेल जुस, सर्वत र लस्सी बनाएर पाउनालाई खुवाइन सकिने छ । पाहुँनाको माग र प्याकेजको आधारमा खानाका परिकार तयार पान सकिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *