भाडाकै घरमा बागलुङका पाँच स्थानीय तह

डम्मर बुढा मगर, बागलुङ
बागलुङका पाँच स्थानीय तह भाडाकै घरबाट संचालन हुँदै आएका छन् । स्थानीय तह स्थापना भएको यतिका वर्ष बितिसक्दो जैमिनी नगरपालिका, गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकाले भाडाकै घरबाट काम गर्दै आएका हुन् । वि.सं.२०५३ सालमा स्थापना भएको बागलुङ नगरपालिकाले वडा नम्बर ३ रातमाटामा पक्की भवन निर्माण गरे पनि अहिले वडा नम्बर २ स्थित कृषि ज्ञान केन्द्रको कार्यालय कब्जा गरि सेवा प्रवाह गर्दै आएको छ ।

जैमिनी नगरपालिका, गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकाले जग्गा व्यवस्थापन गरि भवन निर्माण थाले पनि काठेखोला गाउँपालिकाको जग्गा व्यवस्थापनमै अल्झिएको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि केही पालिकाले पहिलो कार्याकालमै आफ्नै प्रशासनिक भवन बनाएर सेवा संचालन गरे भने केहीले दोस्रो कार्यालयमा आफ्नै प्रशासकीय भवन निर्माण गरि सेवा दिन थालेका छन् ।

निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पहिलो कार्यकालमै भवन निर्माण गरेका थिए भने बडिगाड गाउँपालिकाले दोस्रो कार्याकाल सुरु भएपछि आफ्नै प्रशासकीय भवनबाट सेवा सुरु गरको छ ।

निर्माण कम्पनीको ढिला सुस्तीका कारण गलकोट नगरपालिकाको प्रशासकीय भवन समयमै बन्न सकेको छैन । अगामी मंसिरमा सक्ने गरि वि.सं. २०७९ असारमा सम्झौता भएको भवन निर्माण अहिलेसम्म २८ प्रतिश मात्रै काम भएको छ । अब तीन महिनामा ७८ प्रतिशत काम सक्न संभावना नरहेको नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । पाँच तले भवनको हालसम्म चार तला ढलानको काम मात्रै भएको छ ।

वडा नम्बर ६ चरौंदीमा सात रोपनी व्यवस्थापन गरेर भवन निर्माण थालेको पालिकाले अहिले भाडाको घरबाट सेवा संचालन गर्दै आएको हो । भवन १२ करोड ४१ लाख ५५ हजार रुपैयाँ लागतमा गैरे बताउनुहुनछ । नगरपालिकाले आफ्नो भवन नहुँदा मासिक दुई लाख रुपैयाँ भाडा तिरेर कार्यालय संचालन गर्दै आएको छ ।

उहाँले भन्नुभयो – “निर्माण कम्पनीले सरासर काम गरेको भए यति बेला सकिन्थ्यो, अहिले सम्झौता मिति सकिन लागेको छ, दुई÷साढे दुई महिना मात्रै बाँकी छ, अझै एक तला ढलान गर्न र अन्य काम गर्न बाँकी छ, साइडमा कामदार निरन्तर लगाइ राखेको छ, तर धेरै कम छन्, त्यति कामदारले कहिले काम सक्ने, यही गतिमा काम भयो भने त दुई/तीन वर्षमा पनि यो भवन सकिदैन ।”

जैमिनी नगरपालिकाको प्रशाकीय भवन निर्माणका लागि वि.सं. २०७८ मा सम्झौता भए पनि हालसम्म आधा मात्रै काम भएको उपप्रमुख हरिहर शर्माले बताउनुभयो । आगामी पौषमा सक्ने गरि १२ करोड १४ लाखमा सम्झौता भएको भन्दै अहिलेसम्म ५० प्रतिशत काम भएको उहाँको भनाइ छ । हालसम्म चौथो तलाको ढलान भएको सुनाउँनुभयो । भवन समयमा नबन्दा मासिक करिब एक लाख ६० हजार रुपैयाँ घर भाडा तिर्दै आएको उहाँ बताउनुहुन्छ ।

ढोरपाटन नगरपालिका पनि अहिलेसम्म भाडाकै घरमा कार्यालय संचालन गर्दै आएको छ । नगरपालिकाले वडा नम्बर १ को बुर्तिबाङ बजारमै निर्माण गरि रहेको भवन आगामी चार महिनामा सम्पन्न हुने नगर उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताउनुभयो । अहिलेसम्म ८० प्रतिशतभन्दा बढी काम सम्पन्न उहाँको भनाइ छ । नगरपालिकाले दुई वटा भवन भाडामा लिएर कार्यालय संचालन गरि रहेको भन्दै हरेक महिना मासिक एक लाख ३० हजार भाडा तिरेर कार्यालय संचालन गर्दै आएको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *