धौलागिरी एकल नृत्य प्रतियोगिता हुने

आदर्श अनलाइन, बागलुङ
किङस्टार क्रियशन प्रा.लिले धौलागिरी खुला एकल नृत्य प्रतियोगिता गर्ने भएको छ । शुक्रबार प्रालिले पत्रकार सम्मेलन गरेर विभिन्न चार स्थानमा छुट्टाछुट्टै अडिसनमार्फत बागलुङमा फाइनल प्रतियोगिता गर्ने जानकारी दिएको छ ।

बागलुङ, बेनी, कुश्मा र गलकोटमा आयोजना गरेर एक स्थानबाट ७ देखि १० जना छनौट गरेपछि ग्राण्ड फाइनलको रुपमा बागलुङ बजारमा अन्तिम कार्यक्रम हुनेछ । कम्तिमा ६० देखि ८० जनालाई प्रतियोगितामा सहभागि गरेर बढीमा ३० जनाबाट बागलुङमा फाइनल प्रतियोगिता संचालन गरिने छ ।

लुकेर रहेका कलाकार वा प्रतिभाको उजागर गरेर राष्ट्रिय तहमा पनि चिनाउन पहल गर्ने लक्ष्यले यो काम गरिएको संस्थाका व्यवस्थापक प्रदिप बोहोराले बताए । उनले ५ वर्षदेखि २९ वर्ष सम्मका युवाले यो प्रतियोगितामा भाग लिन पाउनेछन् ।

स्थानीय तह, चन्दा र आन्तरिक श्रोतबाट अडिसन गरिने बताइएको छ । पहिलो चरणमा छनौटमा परेकाहरुलाई केही समय बन्द प्रशिक्षण गरेर फाइनल प्रतियोगितामा लगिने छ । अडिसनको फाइनलमा प्रथम हुनेलाई ८० हजार, द्वितीय हुनेलाई ४५ हजार र तृतिय हुनेलाई २० हजार नगद पुरस्कार दिइने छ ।

सुवास श्रेष्ठ, रोमन घमाल र सरोज प्रजा निर्णयकको रुपमा रहने छन् । उक्त अबसरमा एडुजोन एजुकेशन भिसा सेन्टरका प्रतिनिधि दिल मास्की रानाले अभियानको सफलताका लागि टाइटल स्पोन्सर गरेको बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *