इतिहास बनेका अनुभवहरु

याम बहादुर थापा मगर
फोन गरेर पढ्न घच्घचाउने साथी

म गाँऊमा रहेको समयमा तत्कालीन समयमा जिल्ला विकास समिति, बागलुङमा कार्यरत बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे निफन्नी स्थायी बासिन्दा पदम बहादुर थापा मगरसँग नजिकको सम्बद्ध थिएनन । उहाँ विद्यार्थी कालमा राष्ट्रिय जनमोर्चाको अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौमा सक्रिय राजनीति विद्यार्थी काल देखि गर्दै आएका साथी हुन् । अखिल छैठौको राजनीतिमा अत्यन्त्र सक्रिय भएका कारणले हुन सक्छ कि जिल्ला विकास समिति वागलुङका सभापति लिल बहादुर थापा मगर ( हाल नेकपा एमालोका केन्द्रिय सदस्य ) भएका कारण हुन सक्दछ कि पदम बहादुर थापा जिल्ला विकास समितिमा कर्मचारीका रुपमा छनौट भएका थिए । क्याम्पसको पढाइलाई निरन्तरता दिन नसकेपछि जिल्ला विकास समितिको कार्यालय बागलुङमा सहलेखापाल पदमा करार पदमा कार्यरत साथीलाई बिस्तारै लोक सेवा आयोगको महत्व थाहा हुँदै गएछ । परिक्षा दिदा परराष्ट्र सेवा , राष्ट्र बैक, राजश्व समुह, लेखा समुहमा परिक्षा दिनु पर्ने जानकारी भेटघाटमा र फोनमार्फत गराउन थाले । तर उहाँसगँ खुलेर सम्बन्ध स्थापित गर्ने र पढाइसँगै अगाडी लैजाने वातावरण मिलेको थिएन । म गाउँमा भएको समयमा भर्खर मोबाइल सेवाको विकास भएको थियो । मोबाइलबाट फोन गर्दा बहुत बढी मात्रामा खर्च भएको अनुभव हुन्थ्यो । मलाई पदम सरले समय समयमा याम बहादुर थापा सर हजुरले पनि लोक आयोग पढ्ने हैन भनेर फोन गर्नु हुन्थ्यो । कुन किताब अध्ययन गर्न लाग्नु भएको छ सर ? फलानाको किताब अध्ययन गर्दा राम्रो हुन्थ्यो कि भन्दै टेलिफोनबाट फोन आउँदा ममा जाँगर भर्नमा सहयोग गर्नुहुन्थ्यो । तपाईले पनि राजनीति गरेर एमाले मार्फत अवसर पाउनु भएको छैन । राजनीति गर्नका लागि मलाई विभिन्न तह र संगठनमा अवरोध सृजना भई रहेको थियो ।

राजनीति त प्रयोग गर्दा सम्म गर्ने तर अवसर खोज्दा र दिने समयमा गल्हत्ताएर निकाल्ने चलनको भुक्त भोगी थिए । मेरो पारिवारीक आर्थिक अस्वथा कमजोर भएकोले आय आर्जन थप्ने क्रियाकलापको खोजीमा थिए । कम्प्युटर इष्टिच्युट खोलेर अध्यापन गराउन खोजे । शुरुमा सफलता मिलेपनि आफुले कम्प्युटर प्रशिक्षण र मर्मत गर्ने ज्ञानको अभाव ममा भएकोले असफलता हात लागेको थियो । त्यसैले लोक सेवा आयोगको वार्षिक तालिका अनुसार विभिन्न पदमा खुल्ने पदहरुको निर्धारित पाठयक्रम अध्ययन गर्नुपर्ने हो । तर बोलि चालिको भाषामा लोक सेवा आयोग पढ्ने वा आयोग पढ्ने भनेर भनिन्थ्यो । संवैधानिक निकायहरु मध्ये लोक सेवा आयोग एक मात्र थियो । लोक सेवा आयोगले परिक्षा सञ्चालन गर्ने विभिन्न परिक्षाहरु मध्ये मलाई खरिदार,सुब्बा पदको मात्र बढी मात्रामा जानकारी थियो । मैले लोक सेवा आयोगको परिक्षा दिने थुप्रै नवयुवाहरुलाई के भन्न थाहान्छु भने सर्व प्रथम फुर्सद मिलाएर लोक सेवा आयोगको पछिल्लो संशोधित ऐन, नियमावली, निर्देशिका, मापदण्ड, कार्यविधि लगायत सम्र्पुण वेवसाइटमा भएका जानकारी अध्ययन, लेखन गरी आत्मबोध गर्न सकेमा राम्रो हुन्छ है ।

साथी पदम बहादुर थापाले बाहेक अन्य मैले चिनेका साथीहरुले त मैले खरिदार, नायव सुब्बाको तयारी गरेको थाहा पाएर धेरै जानेको छ भनेर फोन गरेर सोध्ने र मैले आफुले सामान्य रुपमा भएपनि जानकारी दिन्थे । तपाई बागलुङ बजार आएको समयमा चियापान गर्नुपर्ने, सँगै खाजा खानुपर्ने, बेलुका सँगै खाना खाने गरेर समय मिलाएर आउनुहोस भन्न थाले निरन्तर साथीहरुले । साथीहरुले सोधेका प्रश्नहरुको उत्तर मैले धेरै प्रश्नको दिन सक्दैनथे । तर साथीहरुसँगको चिया गफ, खानपानले समेत मलाई केही मात्रामा थप एकान्तमा अध्ययन गरेर परिक्षा पास गर्ने आत्मबल बढेको हुन्थ्यो । मैले भन्दा धेरै लेखकहरुको किताब किनेर कोठामा राखेको समेत साथीहरुको सगत गर्न पाए । मैले त समसामयिक विषयमा अपडेट हुन अन्तराष्ट्रिय मन्च लगायत गोरखापत्र, कान्तिपुर अध्ययन गर्न विद्यामन्दिर पुस्तकालय,बागलुङमा जान्थे ।

साथीहरुले नियमित मासिकमा किन्नु हुँदो रहेछ । मैले पनि पछि खरिदार भएपछि दुई वर्ष जति नियमित ग्राहक बनेर किने तर त्यसपछि अनियमित रुपमा किन्न थाले । पदम सरको फोन वार्ता र उहाँसग प्रत्यक्ष भेटघाट चियापान हुने कार्यक्रम नियमित रुपमा वढन् थाले । साथीहरुले बढी मात्रा फोन गरेर सोधखोज गर्न थालेपछि मैले थप समय दिएर पाठयक्रम पढन थाले । पदम सरले अर्थशास्त्र विषय छुट्टै दिएर पास गरेपछि म अघिल्लो वर्ष खरिदार पास गरिसकेपनि लेखापाल पदमा पोखराको सुचना अनुसार दुई पद माग गरेको विज्ञापनमा हामी दुई जना नै परिक्षामा सँगै पास भएका थियौ । अहिलेको वर्तमान समयमा जिन्दगीका विगतका भोगाइ, अनुभवका तिता मिठा अनुभवहरु सम्झीदा इतिहास बनेका सुखद र संघर्षका पलहरु मध्ये एक रहेको छ । अहिले त अध्ययन सामाग्रीहरु प्रशस्त मात्रामा पाइन्छ । सामाजिक सञ्जाल,वेवसाइट, युटुव लगायतमा प्रशस्त मात्रामा अध्ययन सिप बढाउनका लागि कति मात्रामा पढ्ने विद्यार्थीहरुको क्षमता र रुचीमा भर पर्दछ ।

विवाह गराइदिने लमिको काम
म आफु नै अविवाहित उमेर र समयमा थिए । विवाह गर्ने सयम भए छ भनेर आत्मबोध माइलो भाइ भारतीय सेनामा भर्ती भएपछि भाइका साथीहरुले विवाह गरिसकेको अवस्था भयो । म अध्ययन गरि गरेर अलि उमेर भएपछि र राम्रो रोजगारी भएपछि विवाह गर्ने भन्दै टारी रहेको थिए । माइलो भाई भारतीय सेनामा कार्यरत भएकोले विवाहका लागि बुटवल, बागलुङ रेश गाँऊमा केटा केटी तरिकाले गएका थियौ तर सफलता हात परेन । प्रेम विवाह गर्ने अधिकांश गाऊँमा प्रचलन भएपनि मागनी विवाह छिटफुट हुन्थ्यो । तर मेरा साथीहरु पनि धमाधम विवाह गरेको समाचार जानकारीमा लिन्थे । सँगै एउटै घरमा बसेर पढेका साथीहरुले कुनै कुनै साथीहरुले तपाईको गाऊँ भकुण्डेमा घुम्न जाने हो । कहिले लाने हो भकुण्डे गाऊँ भनेर अप्रत्यक्ष रुपमा भन्थे । तर भकुण्डे गाऊँको फलाना केटी भनेर भन्नुहुन्थेन । कसैले ओहो तपाईले आयोजना गर्ने बनभोज कार्यक्रम, विचार गोष्ठी कार्यक्रममा बोलाउनु हुदैन नि सर भन्थे । पछि बनभोज कार्यक्रममा बोलाएका साथीहरुले सँगै एउटै समितिमा काम गर्ने केटी साथीहरुलाई विवाह गरेको घटनाहरु समेत हुने थाले । अर्को तिर फेरी दलित समुदायको साथी भएकोले हुन्छ मात्र भन्ने तर भकुण्डे गाऊँमा नै जाने कार्यक्रम साथीले भनेको झन्डै २ वर्ष पछि हाम्रो गाऊँमा जाने काम भयो ।

मोटरबाटो बनेको थिएन । पैदल हिडेर जाने क्रममा भकुण्डे धौलेचर घरमा गई मैले आमालाई साथीको बारेमा विस्तृत जानकारी सुनाए । साथीले स्थायी जागीर खानुहुन्छ । दलित समुदायको भएकाले मेरो सम्बन्ध भन्दा केटीको आमासँग मेरो आमाको सम्बन्ध प्रगाढ थियो । आमाले उहाँलाई माइजु भन्ने र माइजुले कान्छी वा भान्जी भनेर बोलाउने गर्नुहुन्थ्यो । केटा राम्रो र स्थायी जागीर खाने भएकाले हाम्रो आमालाई पनि केटा मन परेछ । मेरो आमा नै इन्द्रेणी गाऊँका माइजुलाई भेटन् जानु भयो । केही घन्टापछि आमा र केटीको आमा सँगै हाम्रो घरमा आउनु भयो । हामी भने सामान्य गफगाफ गरेर बसेका थियौ । केटीको आमा अलि सक्रिय हुनुहुन्थो । केटी हेर्न आएको नयाँ केटा र आमा विचमा चिनजान गराएपछि सामान्य भलाकुसारी गर्नुभयो । मैले पुरा कुराकानी गर्न सुन्न पाएनन । केटा र केटीको आमा विच दुई जनाको कुराकानी अन्त्य भएपछि केटीको आमा घरमा जानुभयो । केटाले मन पराएको केटी बहिनी रहेछ । तर केटीको दिदीको विवाह नभएको अवस्था थियो । आमाले दिदीलाई प्रस्ताव गरेपछि केटाले नमानेको अवस्था रहेछ । यता हाम्रो आमाले कुराकानी धारमा राखेर गर्न हुदैन । विवाह त छिनफान गर्नुपर्छ भन्नुभयो ।

लामोसमय झुलाउन पनि हुँदैनन भन्नु भयो । बेलुका पख परिवारसँग कुराकानी गर्न भनेर केटीको आमाको घरमा नै बास बस्न गएर थप बेलि विस्तारमा पारिवारिक कुराकानी भए तर बहिनी विवाह दिदीको विवाह नभएसम्म नहुने अडान परिवारबाट आयो । त्यसपछि हामी फर्केर आएपछि केही अन्तराल सम्म उहाँहरु विच पत्रमित्रता समेत चलेको रहेछ । दिदीको विवाह भएपछिको झन्डै एक वर्ष पछि त फेरी केटाले विवाहको कुराकानी सम्झाए । पुनः घरमा माग्न आउनुपर्ने कुराकानी भएपछि भकुण्डे आए । विवाह कार्यक्रम भब्य रुपमा सम्पन्न भएर प्रत्यक्ष रुपमा विवाहमा अन्जानमा लमीको काम साथीको हिसाबले गरेको थिए । विवाहमा केटाकेटीहरुको चिनचान र अनुभुति साटासाट गरेपनि सफल वैवाहिक जिवन भएमा जस पाउने तर वैवाहिक जीवन असफल भएमा लमी गर्नेलाई दोष लगाउने चलन रहेको छ । अहिले उनीहरु दुवै नेपाल सरकारका स्थायी सेवामा कार्यरत रहेको पाउन सकिन्छ । माथि उल्लेखीत सन्दर्भमा नाम उल्लेख गर्दा उचित नहुने भएकोले कथावस्तु मात्र प्रस्तुत गरेको हो । यदि अझै फराकिलो र विस्तृत रुपमा जानकारी लिन खोजेमा नाम र ठेगाना समेत उल्लेख गर्न सकिन्छ ।

त्यस्तै गरि तमानखोला गाऊँपालिका बोगांदोभानमा कामकाज गर्दा एक जना साथी वडा सचिव केटा र एक जना करारमा कृषि प्राविधिक केटी कर्मचारी हुनुन्थ्यो । मैले फुर्सदको समयमा सबै साथीहरुको पारिवारिक विवरण संक्षिप्ताम जानकारी लिन्थे । त्यसै क्रममा अविवाहित केटा र केटीको जानकारी पाएपछि हल्का सामुहिक रुपमा चियापान हुँदा र केटासँग एक्लै गफगाफ हुँदाको बखत मैले विवाह गर्दा राम्रो हुन्छ भन्ने हिसाबले उत्प्रेरित गर्दथे । एक पटक कार्यालयको परिसरमा मैले केटीलाई लौ राम्रो केटा खोजेर विवाह गरिदिन पाए हुन्थ्यो भनेर केटा नचिनाएर कुराकानी भएको थियो । तर विवाह हुन्छ भनेर विश्वास थिएन । समय क्रम बित्दै जाँदा त हामीहरुको रमाइलो गफगाफले प्रेम प्रंसग चल्न थालेछ । केही समय पछि त लौ विवाह गर्ने भएछन् भनेर सँगै कार्यरत साथीहरुले खबर लिएर आए । कार्यालयमा जम्मा भएर हामीहरु सबै जन्ती जस्तै छोडन जाने निर्णय भयो । म पहिलो पटक दर्लिङ गाऊँमा गएको थिए । साँझमा घरमा जादा भव्य स्वागत भयो । झन्डै रातिको दुई बजेसम्म गित गाउँदै नाच्दै गरेर भोलिपल्ट बिहान सबेरै सालझन्डी ढोरपाटन सडकको बाटो निशीखोला, बुर्तिवाङ बजार हुँदै बोगादोभान आउने काम भयो । केही महिना पछि ढोगभेट फुकाउने वैवाहिक कार्यक्रममा समेत सहभागी केटीको माइतमा गएर बोगादोभानका थुप्रै दाजुभाइ दिदीबहिनीहरुको सहभागीतामा भव्य समारोह भएको थियो ।

अहिले सम्झिदा ख्याल ख्यालमा नै कुराकानी गर्दाको परिणाम वैवाहिक जिवनमा परिणत भएको थियो । वैवाहिक सुरुवातको लमी बनेको जानेर, बुझेर गरेको काम होइन । पहिला पहिला ठुलो टौवा, मलखादको रास, खेतीपाती गर्ने जग्गा जमिन कति धेरै रहेको छ भन्ने आधारमा विवाह गर्नका लागि केटी दिने चलन थियो । आजकलको समयमा त जग्गा जमिन कति छ भन्दा पनि योग्य, सक्षम र सफलता हासिल गरेको उच्च अध्ययन गरेको रोजगार प्राप्त गरेको युवालाई मन पराउने चलन विकास भयो । झन अझै पछिल्लो समयमा त अमेरिका,जापान, अष्ट्रेलिया,युरोप गएका केटाहरुलाई प्राथमिकतामा छनौट गरी विवाह गर्ने चलनको विकास भएको छ । विवाह गर्नका लागि केटाको योग्यता र सक्षमवान भएमा बढी मात्रामा पुख्र्यौली सम्पत्ती सोधखोज गर्ने चलन हराउँदै गएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *