बागलुङका केसी र कार्कीले प्राप्त गरे विश्व रेकर्डको प्रमाणपत्र

आदर्श अनलाइन, बागलुङ

बागलुङका फोटोग्राफर तथा भिडियोग्राफर सोनाम केसी र सौगात कार्कीले गिनिज बुकमा नाम लेखाउन सफल भएका छन् । अग्लो उचाईमा नृत्यको भिडियोग्राफर गरेपछि गिनिज बुकमा नाम लेखाउन सफल भएका हुन् ।

गत जेठ ६ गते नेपाली नृत्य निर्देशकद्वय ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुमन तामाङले सोलुबुम्बुको कालापत्थरमा जोडी नृत्य ‘उच्चतम उचाइमा कोरियोग्राफी गरिएको नृत्य’ विधामा आधिकारिक गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेका थिए । उनीहरुले ५ हजार ४३८ मिटरको उचाइमा नृत्य गरेका थिए ।

उक्त विश्व किर्तिमानको भिडियोग्राफी गरेर केसी र कार्कीले उक्त रेकर्डमा नाम लेखाउन सफल भएका हुन् । उनीहरु दुवै जनाले विश्व किर्तिमानको प्रमाणपत्र प्राप्त गरेका छन् । केसी काठेखोला गाउँपालिका–२ घरभई हाल बागलुङ नगरपालिका–२ मा बसोबास गर्दै आएका छनभने कार्की बागलुङ नगरपालिका–३ गुठी निवासी हुन् ।

रेकर्ड बनाउने क्रममा दि गोल्ड स्टुडियो बागलुङका सञ्चालक समेत रहेका केसी र काठमाडौंका उमेश सापकोटाले भिडियोग्राफी र फोटोग्राफीमा दि गोल्ड स्टुडियोका सौगात कार्कीले साथ दिएका थिए । भिडियोग्राफर केसीले मेहनतले ठूलो सफलताको साझेदार बन्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा झनै राम्रो गर्ने उर्जा मिलेको बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *