बडिगाड खोलाले बगाउदा युवतीको मृत्यु


आदर्श अनलाइन, बागलुङ
बागलुङको बडिगाड खोलाले बगाउदा आज बिहान १६ वर्षीया किशोरीको मृत्यु भएको छ ।
जिल्लाको ढोरपाटन नगरपालिका–३ पुर्कोट निवासी १६ वर्षीया पवित्रा गिरीलाई बडिगाड खोलाले बगाउदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचन अधिकारी तथा प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिनुभयो ।

बागलुङ जिल्ला बडिगाड गाउँपालिका–५ गाईघाट स्थित बडिगाड खोलाको बिच भागबाट युवतीको शव निकालिएको प्रहरीको भनाई छ । शवलाई पोष्ट मार्टमका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *