चट्याङ लागेर मृत्यु भएकी युवतीको परिवारलाई सरकारको राहत

आदर्श अनलाइन, बागलुङ
गत शुक्रबार चट्याङ लागेर मृत्यु भएकी निसीखोला गाउँपालिका–३ किटनी की २४ वर्षीया रजना बुढाको परिवारलाई सरकारले राहत उपलब्ध गराएको छ ।

केन्द्र सरकारबाट प्राप्त दुई लाख र गण्डकी प्रदेश सरकारबाट पचास हजार गरि दुई लाख ५० हजार मृतकका ससुरा कर्मजित बुढालाई हस्तान्तरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

राज्यले विपद्मा परि ज्यान गुमाएका परिवारलाई थोरै भए पनि राहत पु¥याउने हेतुले रकम उपलब्ध गराउने गरेको उहाँ भनाइ छ । निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्ती, सहायक प्रजिअ बरालसहितको टोली मंगलबार पीडितको घरमै गएर राहत उपलब्ध गराएको हो ।

बुढाको आफ्नै घर भित्र बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा मृत्यु भएको थियो । चट्याङका कारण बुढाको घर र विद्युतीय सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *