४५औं विश्व पर्यटन दिवसका सन्दर्भमा बागलुङमा सरसफाई

आदर्श अनलाइन, बागलुङ

४५ औं विश्व पर्यटन दिवसका सन्दर्भमा बागलुङमा सरसफाई विश्व पर्यटन दिवसको सन्दर्भमा बुधबार बिहान बागलुङ बजारमा सरसफाई कार्यक्रम आयोजना गरिएको छ ।

पर्यटन क्षेत्रसंग सम्बन्धित ब्यवसायीहरु सहित बागलुङ नगरपालिकाको आयोजनामा चिप्लेटी बसपार्कबाट नारायण चौतारीमा पुगेर समापन गरिएको थियो ।



चिप्लेटी बसपार्क देखि दावागरा बसपार्कसम्म सरसफाईको कार्यक्रम थियो तर मौसम प्रतिकूल बनेकाले नारायण चौतारीमा आएपछी कार्यक्रम समापन गरिएको नगर पर्यटन विकास समितिका सदस्य एवं होटल व्यवसायी अर्जुन चोखालले बताउनु भयो ।

कार्यक्रममा सहभागीहरुलाई समितिका सदस्य एवं यातयात व्यवसायी उमेश के.सीले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

बागलुङ नगरपालिका, नगर पर्यटन विकास समिति सहित सरोकारवालाको आयोजनामा बिहीबार बिहान कालिका मन्दिर देखि सालग्राम संग्रालयसम्म शान्ति दौड, बिहान प्रभातफेरी, दिउसो बक्तृत्वकला प्रतियोगिता, सांझ नारायण चौतारीमा सांस्कृतिक कार्यक्रम तथा शनिवार बिहान पर्यटन विद्यार्थि क्लबको नगर सम्मेलन संचालनको कार्यक्रम रहेको नगर उप प्रमुख राजु खड्काले जानकारी दिनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *