बीमा बोर्डले बक्यौता भुक्तानी नगर्दा बेनी अस्पतालमा सेवा प्रभावित

अमृत बास्कुने, म्याग्दी
असोज ९ गते बेनी अस्पतालमा उपचारका लागि आउनु भएकी थासाङ गाउँपालिका–३ मुस्ताङकी ७२ वर्षीयााा मनदेवी तुलाचनले नियमित खानु पर्ने औषधि अस्पतालको फार्मेसिमा पाउनु भएन । प्रेसरको औषधि नियमित रुपमा खाँदै आउनु भएकी उहाँले उक्त औषधि किन्नका लागि अस्पतालबाट बाहिर निस्कनु प¥यो । राष्ट्रिय बीमा बोर्ड अन्तरगत स्वास्थ्य बीमा कार्यक्रममा सहभागी उहाँले खाने औषधि बीमाबाटै आउने थियो तर अस्पतालको फार्मेसिमा औषधि नपाए पछि बाहिर निस्केर औषधि पसलमा किन्नु प¥यो ।

जलजला गाउँपालिका–३ कि ७० वर्षीयाा टेककुमारी घर्तीले नियमित रुपमा कोलेष्ट्रोलको औषधि सेवन गर्दै आउनु भएको थियो । स्वास्थ्य बीमा कार्यक्रममा सहभागी उहाँले पहिलो सेवा लिने बेनी अस्पताल नै हो । बेनी अस्पतालको फार्मेसिबाट नियमित रुपमा बीमाबाटै औषधि पाउने गरेकी उहाँले फार्मेसिमा औषधि नभए पछि बाहिर किन्नु पर्ने भयो । अस्पताल बाहिर निस्केर फार्मेसिमा औषधि सोध्दा आठ सय रुपियाँ पर्ने भने पछि उहाँ औषधि नलिइ फर्कनुभयो । पहिला त बीमामा पाइन्थ्यो, आज छैन भने बाहिर किन्नु भन्थे म सँग पैसा छैन गाउँ गएर पैसा भयो भने आएर लैजानु पर्ला घर्तीले भन्नुभयो ।

बेनी अस्पतालमा प्रयाप्त औषधि नहुँदा फर्कनु पर्ने तुलाचन र घर्ती प्रतिनिधिपात्र मात्र हुनुहुन्छ । स्वास्थ्य बीमा बोर्डले झण्डै ९ महिना देखि औषधिको बक्यौता अस्पताललाई भुक्तानि नगर्दा यस्तो समस्या भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले बताउनुहुन्छ । जिल्ला स्तरीय एक मात्रै सरकारी अस्पताल बेनी अस्पतालको फार्मेसी तथा अन्य सेवा कुनै पनि अवस्थामा बन्द हुन सक्ने अवस्थामै पुगी सकेको उहाँको भनाई छ ।

राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले बेनी अस्पताललाई भुक्तानी गर्नु पर्ने रकम लामो समय देखि भुक्तानी नगर्दा अस्पतालको आर्थिक अवस्था नाजुक बन्दै गएकोले कुनै पनि बेला सेवा बन्द हुन सक्ने उहाँले बताउनु भएको हो । पछिल्लो नौ महिनादेखि २ करोड ७५ लाख भन्दा बढी बक्यौता रकम बीमा बोर्डले भुक्तानी नगर्दा समस्या सृजना भएको हो । स्वास्थ्य बीमा कार्यक्रम मार्फत लामो समयदेखि भुक्तानी नपाउँदा बिरामीको उपचार तथा औषधि खरिद लगायतका गतिविधि नै ठप्प हुने अवस्थामा पुगेको अस्पतालले जनाएको छ ।
बेनी अस्पतालको फार्मेसि निरीक्षक आशिष श्रेष्ठका अनुसार अस्पतालमा सबै भन्दा बढी प्रयोग हुने नर्मल सलाइन पनि फार्मेसीले पु¥याउनै मुस्कील भएको छ । हजार युनिट माग गर्दा सय युनिट मात्रै पाउने गरेकोले पनि कतिपय अवस्थामा अस्पतालको फार्मेसीले नर्मल सलाइन पनि बिरामीहरुलाई उपलब्ध गराउन नसकेको उहाँको भनाई छ ।

बेनी अस्पतालले २०८० पुस महिना यता बीमाबापत कुनै पनि भुक्तानी नपाइएको जनाएको छ । धेरै पटक अनुरोध गर्दा समेत बोर्डबाट खासै सकारात्मक जवाफ नआउँदा समस्या भएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुबेदीले बताउनुभयो । उहाँले भन्नुभयो–‘ठूला अस्पतालहरुले नै स्वास्थ्य बीमा बोर्डको स्वस्थ्य बीमा कार्यक्रम अन्तरगतको सेवा नै बन्द गरे हामीले अझैपनि आन्तरिक स्रोतबाटै सेवा दिइरहेका छौ, अहिलेको अवस्थामा नियमित सेवामा खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ ।’

स्वास्थ्य बीमा प्रक्रियाबाट आएका बिरामीलाई उपलब्ध सुविधाहरुलाई थप प्रभावकारी बनाउन विमा बोर्डकै कार्यशैलीले समस्या भइरहेको बेनी अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.अञ्जु थापाले जानकारी दिनुभयो । विमा मार्फत पाउन पर्ने स्वास्थ्य बीमा कार्यक्रमको रकम समयमै भुक्तानी नपाउँदा अस्पतालको सेवा प्रक्रियामै बाधा परेकाले जिल्लामा रहेको कार्यालयमार्फत समेत ध्यानार्कषण गराइएको उहाँले बताउनुभयो । बीमा बोर्डले निकासा गरेमा बीमाबाट लिइने सेवाहरुकै लागि सामग्री खरिद गरिने हो यदि भुक्तानी भएन भने अर्को बिकल्प नै हुँदैन उहाँले सुनाउनुभयो ।

अहिले अस्पतालको आफ्नै आन्तरिक आम्दानीबाट सेवाहरु नियमित सञ्चालन गरिरहेको छ भने करारका स्वास्थ्यकर्मी सहित कर्मचारीको तलबसुविधा, डाक्टरको भत्ता लगायतमा समेत सोही खर्च हुदाँ आर्थिक ब्यवस्थापन गर्न कठिन भएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट थापाले बताउनुभयो । जिल्लाका स्थानीय तह तथा ब्यक्तिगत रुपमा पनि बीमा गर्नेहरु बढिरहेको अवस्थामा बेनी अस्पतालमा दैनिक उपचारमा आउने बिरामीमा ठूलो हिस्सा बीमाका हुन्छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *