कोरोनाबारे धार्मिक अन्धविश्वास र भौतिक परिस्थिति

सागर कुवँर
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नाममा केही धार्मिक अतिवादीहरुले इश्वरको प्राथना गरे कोरोना नलाग्ने भ्रम फैलाएका छन् । त्यो सबै भ्रम हो ।

यस सम्बन्धमा यो उदाहरण हेरौं : कोरोना भाइरसले अहिलेसम्म इटलिमा ५० भन्दा बढी पादरीहरुको मृत्यु भैसकेको छ । दक्षिण कोरियामा जे जसरी कोरोना फैलियो, त्यसमा चर्चको मुख्य भुमिका रहेको छ, आधा भन्दा कोरोनाको फैलावट चर्चबाट भएको थियो। अति हिन्दुवादी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले समेत पहिलोपटक सार्वजनिक रुपमा कोरोनाबाट वच्न अन्धविश्वासमा नलाग्न अपिल गरेका छन् ।

कुनै पनि भाइरस धर्म वा इश्वर प्रति आस्था राखेका आधारमा नसर्ने र नराखेका आधारमा सर्ने भन्ने होइन । सावधानी नअपनाए कोरोना भाइरस जसलाई पनि सर्न सक्छ ।
भाइरसले बालक, युवा, वृद्ध, आस्तिक, नास्तिक केही भन्दैन । भाइरसले धर्म, जात, लिङ्ग, भाषा, भुगोलका आधारमा विभेद गर्दैन ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका विरुद्ध लडाई लड्न र मानव जातीले विजयप्राप्त गर्न सबैभन्दा पहिला आफै सचेत रहनु नै हो र त्यस प्रकारको कार्य गर्नु हो । चिकित्सा विज्ञानले कोरोना विरुद्ध औषधिको लागि भरमग्दुर प्रयत्न गरिरहेको छ र त्यो सफल हुनेछ । अर्को तर्फ रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्ने कैयौं जडिवुटी तथा खाद्यान्नहरु छन, त्यसले पनि कोरोना विरुद्धको लडाईलाई जित्न महत्त्वपूर्ण सहयोग गरिरहेको छ ।

आदरणीय वुवा, आमा, दाजुभाई तथा दिदिबहिनीहरु, तपाईं जो जहाँ हुनुहुन्छ त्यहाँ मानवाताको पक्षपाती भएर स्वास्थ्य सँग कुनै खेलवाड नगरिकन अनुशासितपूर्वक दैनिक जीवन अगाडि बढाउनुहोस् । कोरोनाबाट संक्रमित नहुनका लागि जे जे गर्नुपर्छ त्यो गरिरहनुस् । मानवजाती स्वर्णिम युगमा पुग्न हामीले थप लडाई लड्नुपर्नेछ । कोरोना नियन्त्रण मात्र होइन, विश्वव्यापी रुपमा कोरोनाको अन्त्य हुनेछ ।

तर, धार्मिक अन्धविश्वासको नाममा वा इश्वर प्रतीको विश्वासको नाममा कदापी कोरोना विरुद्धको लडाईमा खेलवाड नगर्नुस् । इश्वर त भ्रम मात्र हो, वास्तविक दुनियाँ भौतिक परिस्थितिमा अडिएको छ । हजारौं सपनाहरु छन्, जो हामीले दिउँसो देखिरहेका छौ, त्यो भौतिक परिस्थितिमा भर पर्दछ ।

आज विश्वव्यापी रुपमा जनताको कमजोर चेतना स्तरलाई उपयोग गर्न धार्मिक पाखण्डीहरु फैलाएको गलत फहमिमा नलागौ, सचेत बनौं । कोरोनाका विरुद्ध सचेत र सतर्क रहदै अगाडि बढौ। कोरोना हार्नेछ, मानव जातीले विजय प्राप्त गर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *