देव कुमार नेपालीलाई बागलुङ ल्याइयो


आदर्श अनलाइन, बागलुङ 
नागरिकको बचत रकम अपचलन गरेर फरार रहेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देव कुमार नेपालीलाई पक्राउ गरी बागलुङ ल्याईएको छ ।

केन्द्रिय अनुसन्धान व्यूरोले शनिबार भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो । नेपालीलाई काठमाडौं बाट प्लेन हुँदै पोखरा ल्याईएको र पोखरा पुगेर जिल्ला प्रहरी कार्यालय बागलुङले नेपालीलाई बागलुङ ल्याएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी सुनिल शर्मा चिलवालले जानकारी दिनुभयो ।

चिलवालका अनुसार उहाँलाई सोमबार कानून अनुसार जिल्ला अदालत बागलुङ पेश गरिने छ ।

नेपालाीलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी भएको थियो ।

नेपाल प्रहरीले भारतस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनलाई नेपाल ल्याइएको थियो ।

सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका एक हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए । देव कुमार बागलुङ आएसंगै बचत कर्ताले रकम फिर्ता पाउनेमा आश पलाएको छ । नगरप्रमुख नेपालीले बागलुङ र पोखरा गरी दुई अर्ब बचत रकम अपचलन गरेको बचत कर्ताको आरोप छ ।

यो पनि पढ्नुहोस्