सय दिन पछि खुल्यो मलाङको पहिरोले अबरुद्ध सडक


आदर्श अनलाइन, म्याग्दी

रघुगंगा गाउँपालिकाको दुर्गम गाउँ कुइनेमंगले जोड्ने सडक एक सय दिन पछि खुलेको छ ।

गएको असार ८ गते वर्षा सँगै आएको पहिरोले गर्दा रघुगंगा गाउँपालिका–७ मलाङमा पहिरो जाँदा गलेश्वर–राखु हुँदै कुइनेमंगले जाने सडक अबरुद्ध भएको थियो । वर्षाले गर्दा लामो समय सम्म पहिरो पन्छाउन नसकेको भए पनि वर्षा कम हुन थाले पछि सडक खुलाइएको रघुगंगा गाउँपालिका–७ का वडा अध्यक्ष थकबहादुर पाइजाले जानकारी दिनुभयो । उहाँका अनुसार–कुइनेमंगले तथा चिमखोला क्षेत्रमा निर्माणाधिन जलविद्युत आयोजनाहरु सँग सहकार्य गरेर सडक सञ्चालन गरिएको हो । आयोजनालाई अनुरोध गरेर उनीहरुकै सामग्रीहरु प्रयोग पछि सडक सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले सडक सञ्चालन पछि कुइनेमंगले क्षेत्रका वासिन्दालाई यात्रामा सहजताा आएको बताउनुभयो । जिल्ला भित्रका आन्तरीक सडकहरुमा केही समस्या भए पनि मुख्य सडकमार्गहरु अहिले पुरै सञ्चालनमा रहेको उहाँको भनाई छ ।

कुइनने मंगले नाम कसरी रहन गयो भन्ने सन्दर्भमा कुइनेटो परेको स्थानमा तामा खानी भएकोले कुइनेखानी भनेर नामाकरण गरिएको रघुगंगा गाउँपालिका–८ का वडा अध्यक्ष गमान छन्त्यालको भनाई छ । उहाँका अनुसार २०३६ सालमा जिल्ला बिभाजन हुने समयमा तत्कालिन मुस्ताङ जिल्लामा पर्ने मंगलेखानी गाउँपञ्चायतलार्य समेत कुइनेखानीमै समेटेर कुइनेमंगले गाविस बनाइएको थियो । अहिले उक्त गाविसको पुरै भुभाग रघुगंगा गाउँपालिकाको ८ नम्बर वडामा पर्ने वडा अध्यक्ष छन्त्यालको भनाई छ । मुख्य रुपमा छन्त्यालको बसोबास रहेको उक्त वडामा पुग्नका लागि उपयुक्त रहेको सडक मार्ग पनि अबरुद्ध हुँदा वडाका वासिन्दाले निकै सास्ती खेपेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *