शिक्षासेवी जोशी र शाक्यलाई रणस्मृति सम्मान


आदर्श अनलाइन, बागलुङ

स्थापनाको ३२ औं बार्षिकोत्सवको अवसरमा बुधबार रण स्मृति पुरस्कार संस्थाले शिक्षासेवी पद्मादेवी जोशी केसी र शिव प्रशाद शाक्यलाई ‘रणस्मृति सम्मान’ द्वारा सम्मानित गरिएको छ ।
केसीले रुद्रेपिपल माबिमा र शाक्यले बाल मन्दिरमा ३० बर्ष भन्दा बढि शिक्षण पेसामा रहि अवकास लिनुभएको थियो ।

यसै गरी कक्षा १० मा सर्वोकृष्ट अंक प्राप्त गर्ने रुद्रेपिपल माबिका किस्मत सुबेदी र नन्दनी कुमारी शाह तथा बाल मन्दिर आधारभूत विद्यालय कक्षा ५ मा उत्कृष्ट अंक प्राप्त गर्ने सृष्टि बहिक थापालाई रण स्मृति पुरस्कार प्रदान गरिएको थियो ।



रुद्रेपिपलका सुबेदी र शाहलाई जनही ३/३ हजार सहित सम्मान पत्र बितरण गरिएको हो । बाल मन्दिरकी थापालाई २ हजार सहित सम्मान पत्र बितरण गरियो । यस बर्षको शक्ति पुरस्कार साहित्यिक क्षेत्रमा योगदान पुर्याउने ‘स्मृति प्रकाशन’, बागलुङलाई नगद १० हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो ।

सस्थाका अध्यक्ष काजिरोशनको अध्यक्षता सचिव भोज बहादुर खड्काको संचालनमा भएको समारोहमा बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्का, सम्मानित ब्यक्तित्व शिव प्रसाद शाक्य, बालमन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक मिठु पौडेल, रुद्रेपिपल माबिका शिक्षक अम्बिका गिरी लगायतले शुभ कामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *