कोरोना रोक्न बिदेशबाट आएकाको निगरानी गर्दै काठेखोला

आदर्श अनलाइन, काठेखोला

बागलुङको काठेखोला गाउँपालिकाले कोरोना जोखिम रोक्न पूर्ववत सजगता र तयारीलाई तिव्र बनाएको छ ।

गाउँपालिका भित्र पछिल्लो समय भारत लगायतका देशबाट आएकाहरुको बिवरण संकलन गरेको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र लामा नेतृत्वको टोलीले गाउँपालिका भित्र रहेका सबै वडामा पुगेर पछिल्लो बिदेशबाट आएकाहरुको तथ्यांक खोजी सहित बिशेष सतर्कता अपनाउन आग्रह गरेको छ । ‘स्वास्थ्यकर्मीलाई आलोपालो सहित शनिवार समेत सेवा दिन निर्देशन गरिएको छ,’ लामाले भने, ‘गाउँ तहमा पूर्ववत सचेत गराउने र अरु सेवा परामर्श दिने बिषयमा संवेदनशिल बन्न भनेका छौ ।’

टोलीले गाउँपालिकाका आठ वटै वडामा पुगेर संकलन गरेको बिवरण अनुसार ४६ जना भारत सहित बिभिन्न मुलुकबाट आएको पाइएकाले ‘होम क्वारेन्टाइन’मै बस्न अनुरोध गरेको काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य टिकासंगम बिकले बताए । उनका अनुसार, वडा नम्बर १ मा ४, २ मा ५, ३ मा ५, ४ मा ४, ५ र ६ वडामा १५, ७ मा ४ र ८ वडामा ९ जना छन् ।

अहिले गाउँघरमा बिदेशबाट आएकाहरुबाट सबै भन्दा बढि कोरोना संक्रमणको जोखिम भएकाले उनीहरुको पहिचान गरि घरमै बिशेष सचेतता सहित ‘होम क्वारेन्टाइन’मै बस्न लगाइएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए । ‘हामीले गाउँपालिकाका तर्फबाट आवश्यक पहल र व्यवस्थापन गरिरहेका छौ,’ अध्यक्ष थापाले भने,‘कतिपय स्थानमा बेवास्ता गरेर बिदेशबाट आएकाहरु घुमफिर गर्दा गाउँ नै त्रसित बनिरहेको अवस्था छ, तैपनि हाम्रा जनप्रतिनिधि, स्वास्थ्यकर्मीले सम्झाउने र सचेत बनाउने काम भइरहेको छ ।’

गाउँपालिकाले कोरोनाको संक्रमण आंशका भएका बिरामीहरुका लागि निशुल्क एम्बुलेन्सको समेत व्यवस्था गरेको छ भने देश लक डाउनको अवस्थामा रोजिरोटी खोसिएका गाउँपालिकाका दैनिक ज्यालादारी गर्ने मजदुरहरुको पहिचान गरि खाद्य सामग्री समेत बितरण गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *