विनामारेमा वडा कार्यालय भवन निर्माण


खेमराज गौतम, बागलुङ
बागलुङको जैमिनी नगरपालिकाले नगरपालिका स्थापनाको ८ वर्षपछि वडा नम्बर ५ विनामारेले सुविधा सम्पन्न वडा कार्यालय भवन पाएको छ ।

स्थानीयको पुरानो घरबाट दिदै आएको वडा कार्यालयको सेवा नयाँ भवनबाट दिन थालिएको छ ।
जैमिनी नगरपालिका–५ विनामारेको वडाकार्यालय भवन रु. ७८ लाख १० हजारमा निर्माण सम्पन्न गरेर सेवा प्रदान गर्न थालेको वडा अध्यक्ष ठग बहादुर थापा क्षत्रीले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकार र जैमिनी नगरपालिकाको साझेदारीमा उक्त भवन निर्माण गरिएको हो । “स्थानीयको घरबाट निकै कष्टकरपूर्ण ढंगले सेवा दिइराखेका थियौ, नागरिकलाई सेवा प्रवाहमा वडा कार्यालय भवन नहुँदा समस्या थियो” थापाले भन्नुभयो “स्थानीय सरकार बनेको ८ वर्षपछि वडा कार्यालय भवन बनेको छ, नयाँ भवनले सेवा प्रवाहमा सहज बनाउनेछ ।”

भवन निर्माणकोलागि गण्डकी प्रदेश सरकारले रु.६० लाख र जैमिनी नगरपालिकाले रु.२० लाख गरी ८० लाख विनियोजन गरेको थियो । उक्त भवन निर्माणका लागि खुल्ला प्रतिस्प्रधाबाट रु. ७८ लाख १० हजार ४१९ मा निर्माण कम्पनी मार्क कन्ट्रक्सन एण्ड सप्लायर्सले ठेक्का सम्झौता गरेको थियो ।

भवन निर्माणकोलागि गत आर्थिक बर्षको माघ ४ गते ठेक्का सम्झौता गरिएको थियो । उक्त भवन नौ महनिामै तयार भएको हो । उक्त वडा कार्यालय भवनको उद्घाटन बिहीबार गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *