दूघ बेचेर किसानले गाउँ भित्राए सात करोड


खेमराज गौतम, बागलुङ
हरेक उपभोग्य बस्तु शहरबाट खरिद गर्दा गाउँको रकम शहर पुगेको सन्दर्भमा यहाँका दुग्ध किसानले भने शहरको करोडौ रकम गाउँ भित्राउन सफल भएका छन् । सहकारी मार्फत दूधको संकलन, प्रशोधन र बजारीकरण मार्फत यहाँका किसानले आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु.७ करोड बढी रकम गाउँ भित्राएका छन् ।

बागलुङका किसानले दूध बिक्री गरेर शहरको पैसा गाउँमा भित्राउन थालेपछि दूध मार्फत आत्मनिर्भरता तर्फ अग्रसरता रहेका छन् । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेर एक वर्षमै रु.७ करोड ४८ लाख १७ हजार गाउँमा भित्र्याउन सफल भएका हुन् । उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित बजारीकरण गरी यहाँका कृषकहरुले मनग्य आम्दानी गर्दै आएका छन् ।बजारको ग्यारेष्टीले दुग्ध किसानहरु हौसिएर उत्पादन समेत बढाउदै लगेका छन् ।

बागलुङ नगरपलिका र काठेखोला गाउँपालिकाका १४ वटा दूग्ध सहकारीमा आबद्ध किसानले आर्थिक वर्ष २०८०/८१ मा सहकारीमार्फत दूधको संकलन, प्रशोधन र बजारीकरण गदै मनग्य आम्दानी गर्न सफल भएका हुन् । उनिहरुले बजारको ग्यारेण्टी हुँदा वर्षेनी एक करोड बढीको दुध उत्पादनमा वृद्धि भएको पाइएको छ । दूध उत्पादन गर्न सके जुन सुकै समयमा बजारीकरणको जिम्मा सहकारीले लिने भएकाले आफूजस्ता किसानलाई सहज भएको काठेखोला गाउँपालिका–५ का केशवप्रसाद कँडेलले बताउनुभयो । उहाँले सृजना दुग्ध उत्पादक सहकारी संस्थाको सञ्चालक भएर दुध संकलन गरी संघ मार्फत बजारीकरण गर्दै आएका छन् ।

काठेखोला गाउँपालिका–६ स्थित नमूना दूग्ध उत्पादक सहकारी संस्थाका शेयर सदस्यहरुले मात्रै दैनिक ३५० लिटर दूध सहकारी संघलाई बजारमा पठाउने गरेको छ । दुग्ध किसान मणिभद्र कँडेलले दूधलाई धेरै समय राख्न नसक्ने भएकाले बजारीकरणको ग्यारेण्टी भएपछिमात्रै किसान हौसीएको जानकारी दिनुभयो ।

“दूध धेरै उत्पादन भएपछि खेर गएको अनुभव हामी संगै थियो, दुधलाई प्रशोधन नगरे टिक्दैन, बजार सम्म पु¥याउन समय लाग्छ, बिक्रीका लागि बजार टाढा छ, दुई चार लिटर दूधलाई बजार पु¥याउन समस्या थियो, थोरै थोरै दुध गाउँभरीका सदस्यको संकलन गर्दा धेरै हुन्छ, ढुवानी गरेर संघ मार्फत बजार पठाउछौं” उहाँले भन्नुभयो “दुध उत्पादन गर्न सके बजारको समस्या नभएपछि किसानले दुध उत्पादन बढाउदै लगेका छन्, किसानलाई दूध ढुवानी र घाँस ढुवानीमा अनुदान र पशु बीमा कार्यक्रमले हामी जस्ता किसान सुरक्षित भएका छौं ।”

१४ सहकारीका शेयर सदस्य रहेका किसानले गाउँ–गाउँमा सङ्कलन गरेको दूध एकमुष्ट बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले एक आर्थिक वर्षमा मात्रै १४ सहकारीका शेयर सदस्य किसानबाट रु. ७ करोेड ४८ लाख १७ हजारको दूध खरिद गरेको सहकारी संघका अध्यक्ष दीपक गौतमले बताउनुभयो । १४ सहकारीमा आबद्ध करिब एक हजार चार सय किसानले एक वर्षमै उक्त रकम गाउँ भित्राएका छन् । त्यस्तै निशुल्क दुध ढुवानी, पशुधन सुरक्षण कार्यक्रम, घाँस ढुवानी, बीमा र पशु औषधी वितरणले किसानलाई थप लाभ मिलेको बताउनुभयो । एक वर्षमा दूध बेचेर गाउँमा ७ करोड बढी रकम भित्राउने संघले दूधमा आत्मनिर्भर जिल्ला बनाउन ठूलो सहयोग पु¥याएको गौतमको भनाई छ ।

“किसानहरुले दूध उत्पादन गर्ने तर बजारको सुनिश्चितता नहुने मुख्य समस्या थियो, दूधलाई तापक्रम मिलाएर राख्नुपर्ने तथा दूध बिग्रेर खेर जाने समस्याका कारण किसानहरुले दूध उत्पादनका लागि ठूलो लगानी गर्न नसकेको अवस्था थियो, हामीले बजारको ग्यारेण्टी गरेका छौं” अध्यक्ष गौतमले भन्नुभयो “किसान विचौलियाको मारमा पर्दा समस्या थियो, हामीले दुध खरिद बाहेक किसानलाई धेरै सहयोग समेत गरेका छौं, पशु मरेमा समेत रकम दिन्छौं, दूध सङ्कलन गरी सहकारी संघले नै घरघरमा दूध पु¥याउने कार्य गर्दै आएको छ, अहिले सहकारीले किसानबाट सङ्कलन गरेको तीन देखि चार हजार लिटर दूध दैनिक बजारीकरण हुनेगरेको छ ।”

२०५७ सालमा स्थापना भएको सहकारी संघले दूध सङ्कलन गरी ल्याउने र बिक्री नभएर नालीमा फाल्ने गरेको यतिहास रहेको बताउदै अहिले अहिले सहकारीको दूधको ब्राण्ड भइसकेको छ । संघले १६जनालाई प्रत्यक्ष रोजगारी समेत दिएको छ । दूधलाई एकत्रित गर्ने ताजा दूध बिक्री गर्ने, बिक्री गरेर बचेको दूधको दूधजन्य पदार्थहरु जस्तै घीउ, नौनी, छुर्पी, लस्सी, पनिर र आइसक्रिम बनाएर बिक्री गर्ने काम गर्दै आएको सहकारी संघका सचिव गोविन्द प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहकारीले आर्थिक वर्ष २०८०/८१ मा मात्रै किसानलाई रु. ७ करोड १७ लाख दूध खरिद बापतको रकम सोझै किसानको घरमा पुगेको छ भने संघले रु. ८० लाख ६१ हजार खुद बचत गर्न सफल भएको छ । बचत भएको रकमबाट किसानको पशु बीमा गर्ने, दूध तथा घाँस ढुवानी गर्ने तथा पशु प्रवद्र्धनात्मक काममा लगानी गर्ने सहकारी सङ्घले जनाएको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमा झन्डै एक हजार पाँच सय किसानले धेरै थोरै दूध बजारीकरणका लागि पठाउछन् । सङ्घले दूधसहित नौ प्रकारका दुग्धजन्य परिकार बिक्री तथा वितरणसमेत गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *