धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीले गरे सेवा ठप्प पार्ने चेतावनी


आदर्श अनलाइन, बागलुङ

पछिल्लो समय धौलागिरी अस्पतालको सेवा प्रवाहका विषयमा जन गुनासो बढिरहेको छ ।
प्रमुख मेसु रवि रन्जन प्रधान र अस्पताल व्यवस्थापन समितिबीचनै खटपट भइरहेको समयमा स्वास्थ्यकर्मीले स्वास्थ्यकर्मीबाटै असुरक्षाको भएको गुनासो गरेका छन् ।

उनिहरुले अस्पताल व्यवस्थापन समिति र मेसुलाई ध्यानाकर्षण गराउदै माग सम्बोधन नभए अत्यावश्यक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका हुन् । उनिहरुले अतिरिक्त समयमा खटिएका डाक्टरमाथी उल्टै सेवा दिन नसक्ने डाक्टरले धम्काएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । धम्काउने डाक्टर नन्दन प्रसाद शाहलाई कारवार्ही गर्न माग गर्दै कार्वाही नभए स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका हुन् ।

मेसुले खटाएका केही डाक्टरले दशैं विदामा काम नगरेको तथा अतिरिक्त काम गरेका डाक्टरलाई सामाजिक सञ्जाल ग्रुपमा गाली गलौज गरेकाले अन्य स्वास्थ्यकर्मीको समेत सुरक्षामाथी प्रश्न उठेको भन्दै डाक्टर किरण तिवारी सहितको १५ चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी र कर्मचारीले काम गर्न नसक्ने चेतावनी दिएका छन् ।

उनिहरुले स्वास्थ्यकर्मीको हस्ताक्षर समेत संकलन गरेका छन् । ध्यानाकर्षण पत्रमा अस्पतालमा कार्यरत अधिकांश स्वास्थ्यकर्मी र कर्मचारीले समेत साथ दिएका छन् । अस्पताल व्यवस्थापन समितिका सदस्य नरेश कँडेलले सामाजिक सञ्जाल फेसवुकमा दशैं बिदामा खटिएका चिकित्सकलाई दशैंमा खटाइएर सेवा प्रवाहमा नआएका डाक्टरले उल्टै धम्की दिएको विषयमा स्टाटस समेत लेख्नुभएको थियो । कँडेलको स्टाटसले मेसुको संरक्षणमा डाक्टर नन्दन प्रसाद शाह डिउटीमा नआउने तथा अन्य चिकित्सकलाई धम्काउने गरेको प्रमाणीत हुन्छ ।

कँडेलले मेसुको कामप्रति पटक–पटक प्रश्न उठाउदै आएको बताउनुभयो । कँडेलले मेसुका कारण अस्पतालका डाक्टरहरुले क्रमश अस्पतालको सेवा छोड्दै जान थालेको बताउनुभयो । उहाँले मेसुले गल्ती गर्ने डाक्टरलाई कार्वाही नगरी उल्टै संरक्षण गरेको बताउनुभयो । अस्पताल व्यवस्थापन समितिले मेसुको कार्यशैलिमा प्रश्न उठाउदै आएका छन् । धाक तथा धम्की दिने चिकित्सकलाई कार्वाही नभए जिल्ला प्रशासनमा सुरक्षाको समेत माग गर्ने आन्दोलनको तयारीमा उत्रेका चिकित्सक तथा कर्मचारीहरुले निर्णय समेत गरेका छन् ।

डाक्टर डाक्टर बीच डिउटीको विषयमा भनाभन भएको प्रमुख मेसु रवि रन्जन प्रधानले बताउनुभयो । उहाँले गल्ती गर्ने चिकित्सकलाई कार्वाहीको लागि प्रकृया थालेको जानकारी दिनुभयो । उहाँले आरोपित डाक्टर नन्दन प्रसाद शाहले राजिनामा बुझाएकाले डिजिटल हाजिरबाट समेट रेकर्ड हटाइएको मेसुको भनाई छ ।

हेर्नुहोस ध्यानाकर्षण पत्र

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *