१० कृषकलाई मौरीसहितको घार

आदर्श अनलाइन, म्याग्दी
बेनी नगरपालिका–१० पात्लेखेतका १० जना कृषकहरुलाई तालिम पछि मौरी सहितको घार बितरण गरिएको छ । तीन दिन सम्म सञ्चालित मौरी पालन आधारभुत तालिम पश्चात तालिममा सहभागी कृषकहरुलाई मौरी सहितको मौरीको घार बितरण गरिएको हो ।

उद्यमशिलता विकास समृद्ध आधार, सुशासनयुक्त पर्यटकीय बेनी नगर भन्ने मुल नाराका साथ आयोजित मौरी पालन सम्बन्धी तीन दिने आधारभुत तालिम पश्चात उक्त तालिममा सहभागी कृषकहरुलाई मौरी सहितको घार बितरण गरिएको हो ।

पिस कोर नेपालको आयोजना र बेनी नगरपालिकाको सहजीकरणमा भएको उक्त तालिमका सहभागीहरुलाई कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख एवम् मौरी पालनका प्रशिक्षक सञ्जिव बाँस्तोलाले सहजीकरण गर्नुभएको थियो । प्रशिक्षक बाँस्तोलाले मौरीको प्रकार, जात तथा कसरी माल्ने र मौरीहरुलाई कसरी चिन्ने भन्ने बारेमा आधारभुत ज्ञान दिनुभएको थियो । रानी दुई वटा भए पछि कसरी छुट्याउने तथा कर्मी, भाले र रानी मौरी कसरी चिन्ने भन्ने पनि उहाँले जानकारी गराउनु भएको तालिमका सहभागी भविन्द्र पाइजाले जानकारी दिनुभयो ।

मौरी पाल्ने तिब्र इच्छा भए पनि ज्ञान नहुँदा पाल्न सकेको थिएन अब भने तालिम सँगै मौरी पनि पाएको छु, आगामी दिनमा यसलाई विस्तार गर्ने योजना समेत बनाएको छु–कषक पाइजाले बताउनुभयो । जंगलमा खाजो, कठ्यौरी ता भीर मौरी हुने र घरपालुवा मौरीको पनि बिभिन्न जात हुने तालिममा सहभागी भए पछि आफूले थाहा पाएको उहाँको भनाई थियो ।

पिसकोर नेपालका ज्याक ओर्टेगा, किन्डबेसे हाइडाको उपस्थिति रहेको उक्त तालिममा सहभागीहरुलाई अभ्यास सहितकै तालिम भएकाले पनि आफुले व्यवसायीक रुपमै अगाडी बढ्न सहज हुन सक्ने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *