ढोरपाटन नगरपालिकाले स्वास्थ्यकर्मीलाई दियो पीपीई

डम्मर बुढा मगर, बागलुङ
ढोरपाटन नगरपालिकाले स्वास्थ्य संस्थाहरुमा पीपीई उपलब्ध गराएको छ ।

विश्वरभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको संभावित जोखिमलाई मध्यनजर गरेर उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको लागि नगरपालिकाले पीपीई उपलब्ध गराएको हो ।

नगरपालिकाले उक्त पीपीई पोखराबाट लिएर उपलब्ध गराएको प्रमुखप्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

हाल नगरपालिकाले १० थान पीपीई लिएर ४ वटा ग्रामीण क्षेत्रका स्वास्थ्य इकाई र ६ वटा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध गराएको पोखरलेको भनाई छ ।

नगरपालिकामा आगामी आइतबार ५० थान पीपीई आउने उहाँले बताउनुभयो ।

५ वटा क्वारेन्टाइन निर्माण
नगरपालिकाले संभावित जोखिमलाई ध्यानमा राखी बुर्तिबाङ बजारमा रहेको उत्तर गंगा माध्यमिक विद्यालयमा क्वारेन्टाइन निर्माण गरेको छ ।

हाल नगरपालिकाले विद्यालयको ५ वटा कोठामा क्वारेन्टाइन निर्माण गरेको छ भने कोरोनाको जोखिमलाई हेरी थप निर्माण गरिने प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताउनु भयो ।

विदेशबाट आएका होम क्वारेन्टाइनमा
नगरपालिकाले विदेशबाट आएका नागरिकहरुलाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ ।

नगरपालिका भित्र हालै मात्रै २१ जना विदेशबाट आएको पोखरेको भनाई छ । हालै विदेशबाट आएकाहरुको नगरपालिकाले डाटा संकलन गरिरहेको छ ।

विदेशबाट आएकाहरुलाई वडा अध्यक्ष मार्फ होम क्वारेन्टाईनमा बस्न आग्रह गरेको छ । अहिलेसम्म नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा कुनै पनि व्यक्ति आएका छैनन् ।

ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले स्वास्थ्यकर्मीहरुको सुरक्षाकोलाई मध्यनजर गरि पीपीई ल्याइएको बताउनुभयो ।

‘संक्रमितको उपचारमा खटिने चिकित्सक तथा नर्सहरु बढी खतरामा पर्ने भएकाले उनीहरुको सुरक्षाका लागि हामीले पीपीई खरिद गरेका हौँ ।’ मेयर नेपालीले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *