सुपथ मुल्य पसलबाट एक हजार बढी लाभान्वित

आदर्श अनलाइन, बागलुङ
साल्ट्र टे«डिङ कर्पोरेशन बागलुङले सञ्चालन गरेको सुपथ मुल्य पसलबाट एक हजार एक सय भन्दा बढी लाभान्वित भएका छन् । असोज १६ गतेबाट शुरु भएको सुपथ मुल्य पसलबाट हालसम्म एक हजार १२० जना लाभान्वित भएका छन् ।

बडा दशैं, तिहार र छठ पर्वलाई मध्येनजर गर्दै सञ्चालन गरिएको नून, चिनी लगायत अन्य उपभोग्य सामाग्रीको सुपथ मुल्य पसल प्रभावकारी रुपमा सञ्चालनमा आएको पाइएको छ । चाडपर्वमा हुन सक्ने मुल्य वृद्धिलाई लक्षित गरी असोज १६ गतेदेखि संचालन गरिएको सुपथ मुल्य पसलबाट नुन ४ हजार ७०० केजी, चिनी ६ हजार ४९३ केजी बिक्रि भएको छ ।

सुपथ मुल्य पसलले बजारभन्दा सस्तो मुल्यमा उपभोग्य सामाग्री विक्रि गरिरहेको छ । बजारभाउ प्रतिकेजी रु.११५ रहेको चिनीलाई सुपथ मुल्य पसलमा १०२.५ मा बिक्रि गरिएको छ भने बजारमा रु. २६ प्रतिकेजी रहेको नूनको मुल्य सुपथ मुल्य पसलमा रु. २४ मा बिक्रि गरेपछि उपभोक्तालाई राहत मिलेको छ ।

तीन वर्षपछि सञ्चालन गरिएको सुपथ मुल्य पसलमा एक हजार एक सय भन्दा बढी लाभान्वित भएको कर्पोरेशन कार्यालयका प्रमुख मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो । “चिनीको मूलय समयमै निर्धारण नहुँदा तीन वर्षपछि मात्रै सुपथ मुल्य पसल सञ्चालनमा ल्याएका हौं, तिहारमा चिनीको खपत धेरै नै हुन्छ, स्थानीयलाई सुपथ मुल्य पसलले राहत मिलेको छ” श्रेष्ठले भन्नुभयो ।

कार्यालयले आटा २ केजीको १ सय ४५, मैदा किलोको १ सय ५०, तोरीको तेल एक लिटरको ३ सय ५५ र आटाको मुल्य ३४० मा बिक्रि गरिरहेको छ । वडादशै, तिहार र छठ पर्वलाई लक्षित गरी संचालन गरिएको सुपथ मुल्य पसल कार्तिक २१ गतेसम्म रहने छ । चिनीको मुल्य पछि मात्र निर्धारण गरिएकाले कार्तिक २ गतेबाट बिक्री शुरु गरिएको कार्यालयले जनाएको छ ।

विगत तिन वर्ष यता समयमै सरकारले चिनिको मुल्य निर्धारण गर्दा सुपथ मुल्य पसल सञ्चालनमा ल्याउन नसकिएको थियो । चाडपर्वको समयमा आकासिएको उपभोग्य बस्तुबाट आजित बनेका जनताले थोरै भएपनी राहत मिलेको बताएका छन् । अहिले सुपथ मुल्य पसलमा चिनी र नून खरिद गर्नेको भीड लागेको छ । बजार भाउ भन्दा रु. १२ सस्तो पर्ने चिनी खरिद गर्दा राहत मिलेको सुपथ मुल्य पसलमा पुग्नुभएको अरुणी कार्कीले जानकारी दिनुभयो ।

सुपथ मुल्य पसलमा प्रति व्यक्ति ६ केजी चिनी, ५ केजी नुन र अन्य सामाग्री आवश्यकताका आधारमा दिदै आइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *