धौलागिरि अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा किरण तिवारी


आदर्श अनलाइन, बागलुङ

धौलागिरि अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा किरण तिवारी नियुक्त हुनुभएको छ ।
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशले तिवारीलाई प्रमुख प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा नियुक्त गरिएको हो ।

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद पोखराको पत्र संख्या ०८१/०८२ चलानी नम्बर ३७३ मिति २०८१/०७/१३ गतेको पत्र वमोजिम प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन डा. श्री किरण तिवारीलाई यस अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी प्राप्त भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायाण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

पौडेलले डाक्टर तिवारीलाई आज एक कार्यक्रमका बीच पदभाहर ग्रहण गराउनुभएको थियो । पदभार ग्रहणपछि अध्यक्ष पौडेलले अस्पतालले तिवारीको नेतृत्वमा थप प्रगति गर्ने बताउनुभयो ।

कार्यक्रम निमित्त प्रमुख मेसु प्रभातसिंह राजपुतको अध्यक्षता, तथा डाक्टर अमित ढुङ्गानाकोे स्वागत मन्तव्य तथा नवराज शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । पदभार ग्रहण पछि बोल्दै डाक्टर तिवारीले अस्पतालमा म नभई हाम्रो भएर काम गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *