कोरोना रोक्न बागलुङ बजार क्षेत्रमा कीटनाशक औषधि छर्कन सुरु

आदर्श अनलाइन,बागलुङ

बागलुङ बजार क्षेत्रमा मानिसको भीडभाड हुने स्थानमा कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्कन सुरु गरिएको छ ।

बागलुङ नगरपालिकाको पहलमा मुख्य बजारका लोकतान्त्रिक चोक, ट्राफिक चोक, समिट चोक लगायतका स्थान र धौलागिरी अञ्चल अस्पताल विकास समितिको पहलमा अस्पताल परिसरमा पनि कीटनाशक औषधि छरिएको हो । भाइरसलाई मार्नका लागि पानीमा क्लोरिन मिसाएर डिसइन्फेक्सन तयार गरिन्छ ।

कोरोना भाइरसको संक्रमणलाई नगर क्षेत्रमा फैलिन नदिन सार्वजनिक स्थल, चोक, बिद्युतका पोल र सटरहरुमा कीटनाशक औषधि छरिएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए । नगर क्षेत्रका भीडभाड हुने ठाउँहरुमा कीटनाशक औषधि छरिएको र कोरोनाको जोखिम कम गर्न सबैखाले विकल्प र उपायलाई आत्मसाथ गरिने मेयर पौडेलले बताए ।

कीटनाशक औषधिले सम्भावित भाइरसको जोखिम कम गर्ने भएकाले शुक्रबार बजार क्षेत्रमा छर्कन शुरु गरिएको नगरपालिकाका स्वाथ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । नगरका मुख्य भीड हुने सबै चोक र टोलमा आगामी आइतवार सम्ममा कीटनाशक औषधि छर्ने काम सकिने उनको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *