आदर्श अनलाइन, बागलुङ
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले लायन्सको परोपकारी काम उदाहरणीय रहेको बताउनुभएको छ । उहाँले नेपालको आर्थिक विकासमा लायन्स र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्न आफू इच्छुक रहेको बताउनुभयो ।
शनिबार बागलुङमा आयोजित लायन्स डिस्ट्रिक ३२५ जे नेपालको दोस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भूकम्प, बाढी पहिरो जस्ता विपद्मा लायन्सको परोपकार प्रशंसायोग्य रहेको बताउनुभयो ।
उहाँले आर्थिक विकासमा लायन्ससँग निजी क्षेत्रले मिलेर काम गर्दा धेरै जनतालाई रोजगारी सृजना गर्न सकिने बताउनुभयो । लायन्सका सदस्यलाई उत्पादनसँग जोड्ने र निजी क्षेत्रका उद्योगी व्यवसायीलाई लायन्स सँग जोड्दै परोपरकारी बनाउन आवश्य रहेको ढकालको भनाई छ ।
“परोपरकार क्षेत्रमा लायन्सको बढी भुमिका देखिएको छ, अब लाइन्स निजी क्षेत्रसँग जोडिएर उत्पादन मुलक कार्यमा लाग्न आवश्यक छ, जनतालाई उद्योगसँग जोड्का लागि १० अर्ब लगानीको नेपाल पब्लिक डेभलपमेन्ट कम्पनी स्थापना गरेका छौँ, जनता मालिक बन्ने यो सुनौलो अवसर हो, लायन्सका मित्रहरु आउनुहोस सहकार्य गरौ, देशको आर्थिक अवस्था उकासौ”–अध्यक्ष ढकालले भन्नुभयो ।
व्यवसायलाई एकिकृत गर्न सकेमा ठूलो उपलब्धी हाँसिल हुने भन्दै पछिल्लो समयमा निजी क्षेत्रका व्यवसायहरु एकिकृत ढंगले सञ्चालनमा आउन थालेको ढकालले बताउनुभयो । जिल्ला जिल्लामा गरिने क्याबिनेट बैठकले पर्यटनको विकाससँगै अािर्थक गतिविधि चलायमान बनाउन सहयोग पुगेको उहाँको भनाई छ ।
दोसो क्याबिनेट बैठकमा देशभरका एक हजार सदस्यहरुको उपस्थिति रहेको डिस्ट्रिक मिलन थापाले जानकारी दिनुभयो । क्याबिनेट बैठक शुक्रबार र शनिबार चलेको थियो । बैठकले बागलुङको पर्यटकीय विकास र धार्मिक तथा सास्कृतिक क्षेत्रको चिनारी गर्न बैठक उपयोगी भएको प्रचारप्रसार संयोजक गणेशराज लम्सालले जानकारी दिनुभयो । बैठकले बागलुङ घुम्ने सन्देश दिने, जिल्लाका १० वटै पालिकाका धार्मिक, प्राकृतिक, सास्कृतिक र पर्यटकीय सम्पदाको प्रचार प्रसार गरेको छ ।
बैठक सम्पन्न गर्नका लागि २० सदस्यीय मुल समिति र १२ वटा बिभिन्न उपसमिति गठन समेत गरिएको थियो । बैठक सम्पन्न गर्नका लागि १९ लाख ७० हजार आम्दानी र १५ लाख ४३ हजार ५०० खर्च भएको छ ।
एरिया मेन्टर नरेश कँडेलले कला संस्कृतिको जगेर्ना गर्नका लागि झाँकी पनि प्रदर्शन समेत गरेको जानकारी दिनुभयो । डिष्ट्रीक गर्भनर मिलन थापाले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न स्थानमा बैठक आयोजना गरिदै आएको बताउनुभयो ।