कालिका मन्दिरमा ३५ लाख भेटी संकलन

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशको प्रसिद्व धार्मिक पर्यटकीय स्थल बागलुङ कालिका कान्दिरमा कात्तिक महिनामा रु. ३५ लाख भेटी संकलन भएको छ । गत महिनाको तुलनामा कात्तिक महिनाको भेटी रु. १० लाखले कमि संकलन भएको छ ।

बागलुङ कालिका मन्दिरमा बडा दसैँको असोज महिनामा रु. ४५ लाख २७ हजार भेटी संकलन भएको थियो । कालिका भगवती मन्दिर गुुठी व्यवस्थापन समिति बागलुङले मासिक रुपमा हिसाव किताब सार्वजनिक गर्दै आएको छ ।

जसअन्तरगत कात्तिक महिनामा ३५ लाख भेटी र अन्य आम्दानी भएको र १६ लाख खर्च भएको कालिका भगवती मन्दिर गुुठी व्यवस्थापन समिति बागलुङका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । “अघिल्लो महिना दशैंको समय भएकाले १० लाख भेटी संकलन भएको थियो, कात्तिक महिनामा समेत धार्मिक पर्यटकहरुले मन्दिर भरिभराउ भएको थियो” खड्काले भन्नुभयो “मन्दिरको मुख्य आम्दानीको स्रोत भेटी हो, अन्य घरभाडा लगातको समेत आम्दानी हुन्छ, आम्दानीबाट मन्दिरले तलब भत्ता सहित पूर्वाधारमा लगानी गर्दै आएको छ ।”

कात्तिक महिनामा रु.३५ लाख ३ हजार ३३२ आम्दानी, रु.१६ लाख १५ हजार खर्च भएको छ भने रु. १८ लाख ८८ हजार ३३२ बचत भएको खड्काले बताउनुभयो । आम्दानीमा भक्तजनहरूले समर्पण गरेको भेटी बाट रु.२२ लाख ३५ हजार ५८५, चामल बिक्रीबाट रु. ८० हजार ५०० सय, बोकाबाट रु.६१ हजार ७५०, कुखुराबाट रु.४ हजार ८००, राँगोबाट रु.एक हजार ८००, सटर भाडा रु.३ लाख १४ हजार ५४०, विवाहबाट रु.१ हजार, आर्थिक सहयोग रु.१ लाख २० हजार ७०७, परेवा बिक्रीबाट रु.६ लाख ७० हजार ७५० ब्रतबन्धबाट ६००, पण्डितबाट रु.११ हजार ४०० आम्दानी भएको खड्काले बताउनुभयो ।

कालीका भगवती मन्दिर ब्यवस्थापन समिति अन्तर्गत कात्तिक महिनामा रु.१६ लाख १५ हजार खर्च भएको छ । खर्च अन्र्तगत कर्मचारीहरूको तलबमा रु.४ लाख ८ हजार ५००, बिजुलीमा रु.५० हजार, अतिथि सत्कारमा रु.१ लाख ५५ हजार, उपहारमा रु.१ लाख, पूर्वाधार विकासमा रु.६ लाख १० हजार ९००, पोशाकमा रु.२६ हजार, खाद्यन्नमा र आवासमा ८५ हजार ५००, विज्ञापन तर्फ रु.१८ हजार ५०० सय, सांस्कृतिक कार्यक्रममा रु.१ लाख ६० हजार ६०० खर्च भएको कालिका गुठीका कुमार खड्काले बताउनुभयो ।

पछिल्लो समय मन्दिरमा धार्मिक पर्यटकको चहलपहल बढेको छ । दशैं यता मुक्तिनाथ जाने, ढोरपाटन जाने पर्यटकहरु कालिका मन्दिर आउदा मन्दिरमा दैनिकजसो भीड लाग्ने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *