युक्त प्रसाद सुवेदी (पहाडी)

योगाभ्यास
हाम्रा पुर्वज ऋषिमुनिहरुले, गरे योग साधना,
उनका यि अनुयायि सवलाई, योगकै शुभकामना ।

हिरण्यगर्भा ऋषि पहिलो थिए, प्रवर्तक योगका,
अरु प्रवर्तक दश ऋषिहरु, पतञ्जली समेतका ।

प्रयोग गरे पतञ्जली ऋषिले, वनाई राजयोगको,
चित्त वृत्ति निरोध भएको, अवस्था नै योग हो ।

योग अभ्यास स्वामि रामदेवले, फैलाए जगतै भरी,
गरौं हामि पनि योग साधना, नित्य कर्मकै सरी ।

यो मनलाई प्रशन्न वनाउने , माध्याम पनि योग हो,
जिवात्मा परमात्मा मिलनभो, जान त्यहि योग हो ।

जन्मनु मात्र के रहेछ जिन्दगि, व्यर्थै विना साधना,
योगसाधना जिवन हो जानी, जगाउ मनोभावना ।

उठ्नु है सवेर अल्छि नगरी, व्रम्हा मुहुर्त पारी,
गर्नु ध्यान योग साधनाहरु,योगकै नियम सरी ।

योग अभ्यास कर्मले मुहारको, कान्ति वढाउदछ,
गर्दैन योग साधना जसले उसको, फुर्ति हराउँदछ ।

योगाशनको महत्व जाने वुझेर, सुर्य नमस्कार गर
नित्यकर्मले मनोरोग चिन्ताहरु,भाग्नेछन पर पर ।

विधिले गरे सुर्यनमस्कारले सवै,अंगहरु छुने छ,
यौगिक अभ्यास खुलेर नचेर, हाँसे पनि हुनेछ ।

कपालभाँति अनुलोमविलोम, सकेसम्मकै गर,
भस्त्रिका भ्रामरी उज्जयी सवै, क्रमैसंगले गर ।

मन्त्र जप ध्यान नित्य योगमा, वस्नुभन्दा पहिले,
ॐकार मन्त्रमा शक्ति अघोरै, ॐकार जप्नु जहिले

महिला पुरुष सवैले गर्न सकिने, उमेरको के कुरा,
नित्य गरिने योग आशनहरुले, कष्टादी भाग्छ पर ।

योग ध्यान आसन प्रणायामले, एकचित्त गराउदछ,
नियमित गर्न सके तन मनको, विकार हराउदछ ।

योगका सवै आसनहरु सिक, महत्वका छन सवै,
अभिन्न अंग हो योगा जिवनको, भुल्नु हुदैन कवै ।

कर्मले वनाउछ स्वस्थ शरिर, मस्तिष्क मन पनि,
नित्य साधनाले वनाउछ जान,आरोगयताको धनी ।

लगाव भए पुग्दछ योगलाई, अरु के चाहिन्छ र ,
लिन जान्नुपर्दछ शान्ति आँफै,किन्न के पाईन्छ र ।

सक्छौ योग प्रणायाम संगिको, सत्संगमा गई गर,
सक्दैनौ हल्का हल्का जति सक्दछौ,आफ्नै घरमा गर ।

शरिर भाँच्नु मात्र के हो र योग त, छ धेरै पर पर
प्रणायाम ध्यान सारथी योगको, ध्यान पनि गर्ने गर ।

मनुष्य देह रोगकै मन्दिर हो, रहदैन कोहि अछुतो,
जानु पर्दछ एकदिन सवले, मान्नु हुन्न पछुतो ।

मनुष्य चोला हो सुकर्म सकेको, सुकर्म मै वल गर,
व्यर्थै चिन्ता नगर है सम्पत्तिको, मर्दा लानु के छ र ।

एकलै हो यात्रा पर लोकको, को छ र तिम्रो यँहा,
लैजान मिल्दैन कत्ति पनि, जे भन्छौ मेरो यँहा ।

तेरो मेरो जान सव क्षणिक हो, जाँदैन कोहि सति,
मार्ग एक सत्कर्म हो मुक्तिको, नगर्नु निचो मति ।

जो हुन्छ तिम्रो यँहा तिमिले गरेको, सुकर्मको फल हो,
त्यसैमा वल गर्नु वुझेर सवले, लैजाने त्यहि फल हो ।

नित्य साधनाले मन चित्त शान्तिसंगै, शुद्धि गराउदछ,
तनमनमा शान्ति भए हृदयवाट, दुर्वुद्धि हराउदछ ।

मिथ्या सांसारिक लोभमोह यँहा, तेरो मेरो दम्भको,
उज्यालो त तिम्रो वत्ति माँयाको, वल्ने वेलासम्म हो ।

देहान्त पछि अध्यारो शुरु भयो, जान त्यहि सत्य हो,
सत्कर्मले मुक्ति पछ्याउदछ, मान त्यहि सत्य हो ।

आयु जति लेखेको छ तिमिले, वाँच्ने पनि त्यति हो,
सुकर्म गरेको जति छ तिमिले, लैजाने पनि त्यति हो ।

अग्रजको सिको गर नियमितै, पुर्ण योग साधना,
लोकका अग्रज अनुजहरुलाई, सुस्वास्थ्यको कामना ।

होलान शव्द अनुच्छेद भावनामा,गल्ति अनि कमजोरी,
अज्ञानी भनि माफ गरि दिनु भए, हुने थिए आभारी ।

                               अस्तु ः

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *