बागलुङ कुँडुलेकी युवतीलाई कोरोना संक्रमण पुष्टी,जोखिममा गण्डकी प्रदेश

बागलुङ जिल्लाकी एक किशोरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

दुई महिना बेल्जियम बसेर फर्किएकी बागलुङ नगरपालिका ४ कुँडुलेकी १७ वर्षीया युवतीमा शनिवार संक्रमण पुष्टि भएको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए । संक्रमण भएकी युवतिको आमा बेल्जियममै छन् ।

ती युवतीले शुरुमा आँफुलाई सामान्य ज्वरो आएको तर कठिन नभएकाले स्वास्थ्य परीक्षण समेत गर्न आनाकानी गरेकी थिइन् । गत बिहिवार बागलुङ नगरपालिकाको बिशेष पहलमा स्वास्थ्यकर्मीको टोली पुगेर धौलागिरी अस्पतालमा ल्याई स्वाबको नमुना संकलन गरिएको थियो । नमुना संकलन गरेर काठमाण्डौं पठाइएको थियो । युवति भने घरमै पुनः होम क्वारेन्टाइनमा बस्दै आएकी छिन् । संक्रमण पुष्टि भए पनि उनको अवस्था अहिले सामान्य रहेको डा.पोखरेलले बताए । तर, कोराना भाइरसको संक्रमण पुष्टि भएकाले सुरक्षित रुपमा काठमाडौं पठाउन निर्देशन आएकाले त्यसकै तयारी गरिएको डा. पोखरेलको भनाई छ ।

अहिले संक्रमण देखिएकी किशोरी चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । त्यही विमानमा आएकी १९ वर्षीया काठमाण्डौकी युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । उक्त बिमानमा आउने बागलुङका तीन जना छन् । अन्य होम क्वारेन्टाइनमै रहेका छन् ।

यससँगै नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । जस मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *