म्याग्दीमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान शुरु


आदर्श अनलाइन, म्याग्दी

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान (२५ नोभम्बर देखि १० डिसेम्बर) अन्तरगतको कार्यक्रम सोमबार देखि म्याग्दीमा पनि शुरु भएको छ ।

हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता भन्ने राष्ट्रिय नाराका साथ म्याग्दीमापनि दिवसको सुरुआत गरिएको छ । अभियानको पहिलो दिन असल अभ्यास साझा गर्ने कार्यक्रमको आयोजना गरि अभियानको औपाचारीक शुरुआत गरिएको बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो ।

बेनी नगरपालिका, मिलन म्याग्दी र समावेशी नेपाल मञ्चको आयोजना तथा सामाजिक विकास कार्यालय म्याग्दीको समन्वयमा जिल्ला समन्वय समितिको सभाहलमा औपचारीक कार्यक्रमको शुरुआत भएको छ ।

कार्यक्रमको सुरुआत पूर्व बेनी नगरपालिकाको आयोजना तथा विभिन्न सामाजिक संघ संस्थाको समन्वयमा प्रभातफेरीको आयोजना गरिएको थियो । सकारात्मक सन्देश प्रवाह र सुरुआत गर्नका लागि असल अभ्यास साझा गर्ने कार्यक्रममा लैंगिक अल्पसंख्यक समुदायकी दिलु बुदुजालगायतले कार्यक्रमको सहजीकरण गर्नु हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *