मुस्ताङमा १६ दिने अभियानको कार्यक्रम

आदर्श अनलाइन, बागलुङ
मुस्ताङमा लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानको कार्यक्रम सुरु भएको छ । नोभेम्बर २५ मा जिल्ला प्रशासन कार्यालय मुस्ताङ, जिल्ला प्रहरी कार्यालय, सामाजिक विकास कार्यालयको आयोजना तथा तथा इन्सेकको समन्वयमा औपचारीक कार्यक्रमको शुरुआत भएको हो ।

लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक बिभेदमा शुन्य सहनशिलता, सुरक्षित समाजका लागि ऐक्यबद्धता भन्ने नारा सहितको ब्यानर लिएको टोलीले प्रभातफेरी गरी जोमसोम बजार परिक्रमा पछि सभामा परिणत भएको थियो ।

उक्त कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसाल, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक(डिएसपी) सुर्य बहादुर बोगटी, घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थापा मगर, नारायणदल गण जोमसोम मुस्ताङका सेनानी विशाल थापा, सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्मका कार्यालय प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक मणिकर्ण राई लगायतको सहभागिता रहेको थियो ।

प्रभातफेरीमा मुस्ताङ जिल्लामा रहेका सरकारी कार्यालयतथा संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो । जिल्ला प्रशासनबाट शुरु भएको प्रभातफेरी सोही ठाउँमा आएर अन्त्य भएको थियो ।

त्यस्तै दोश्रो दिन पनि घरपझोङ गाउँपालिका–४ मा रहेको धौलागिरी बोर्डिङ स्कुलमा कक्षा ७ र ९ मा अध्यनरत ५३ जना विद्यार्थीहरूलाई डिएसपी बोगटीले लैङ्गिक र घरेलु हिंसा सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको छ । हिंसा के हो र यसमा परेपछि गर्न सकिने कानुनी उपचारका बारेमा सहजीकरण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *