प्रेस चौतारी बागलुङले ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रम संचालन गर्ने


आदर्श अनलाइन, बागलुङ

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रम संचालन गर्ने भएको छ । प्रेस चौतारी बागलुङको सोमबार बसेको बैठकले २० औं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रमको शुभारम्भ गर्ने निर्णय गरेको हो ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङका अध्यक्ष सिर्जना पन्तका अनुसार मंसिर १६ गते (आईतबार) जिल्ला शाखाको २० औं स्थापना दिवसको दिन कार्यक्रम संचालन गर्न लागिएको हो ।

उहाँले ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रममा विद्यार्थीहरुलाई पत्रकारिता, उद्घोषण तथा भाषणकला, मनोपरामर्श र योग माध्यमबाट तनाव व्यवस्थापनका लागि प्रशिक्षण गरिने बताउनु भयो ।

विद्यार्थीहरुलाई पत्रकारिताको बारेमा जानकारी गराउनुका साथै आधारभूत पत्रकारिता र उद्घोषणा तालिम संचालन गर्न ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रम गर्न लागिएको सचिव अर्जुन कार्कीले बताउनु भयो ।

‘विद्यार्थीहरुलाई पत्रकारिताको भोक जगाउनको लागि स्थापना दिवसको दिनबाट कार्यक्रम संचालन शुभारम्भ गर्न लागिएको हो,’ सचिव कार्कीले भन्नुभयो,‘प्रत्येक महिना एक वटा विद्यालयमा पुगेर कार्यक्रम संचालन गर्ने निर्णय गरेका छौं ।’

गतवर्ष प्रेस चौतारी नेपाल केन्द्रको स्थापना दिवसको अवसरमा आयोजित ‘प्रेस चौतारी कप फुटबल प्रतियोगिता’को विजेता विद्यालय भएकोले चिल्ड्रेन लाईफबाट कार्यक्रमको शुभारम्भ गर्ने निर्णय गरिएको उहाँको भनाई छ ।

यस्तै स्थापना दिवसको अवसरमा प्रेस चौतारीले दुई वटा कोषको घोषणा गर्ने भएको छ । गत वर्ष आयोजित प्रेस चौतारी कप फुटबल प्रतियोगिताबाट बचत भएको रकमबाट ‘प्रेस चौतारी संस्थागत कोष’ र ‘प्रेस चौतारी कप कोष’को घोषणा गर्न लागिएको सचिव कार्कीले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *