कोरोना संक्रमित युवतीको धौलागिरी अस्पतालमा उपचार हुँदै

आदर्श अनलाई, बागलङ

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका ४ कुँडुलेकी एक १७ वर्षीया किशोरीलाई धौलागिरी अञ्चल अस्पतालमा ल्याएर उपचार थालिएको छ ।

घरमै सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी युवतीलाई कोरोना पुष्टी भएसंगै अस्पतालको आइसोलेसनवार्डमा शनिबार राति अवेर मात्रै भर्ना गराएर उपचार थालिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

‘संक्रमित किशोरीको अवस्था सामान्य छ, आत्तिनु पर्ने अवस्था होइन,’ गुरौले भन्नुभयो ‘स्वाथ्यकर्मीकै प्रत्यक्ष निगरानीमा आइसोलेसनमा राखेका छौं ।’

गत चैत्र १२ गते बागलुङ नगरपालिकाको पहलमा धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीको टोली घरमै पुगेर नमुना संकलन गरिएको थियो । ती युवतीले शुरुमा आँफुलाई सामान्य ज्वरो आएको तर कठिन नभएकाले स्वास्थ्य परीक्षण समेत गर्न उनले आनाकानी गर्दै आएकी थिइन् । नमुना संकलन गरेर टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाण्डौं पठाइएको स्वाब परीक्षणमा शनिवार कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

बेल्जियमा आमा रहेकाले दुई महिना घुमेर गत चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । त्यही विमानमा आएकी १९ वर्षीया काठमाण्डौकी युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि सँगै सवार बागलुङका यिनै किशोरी सहित अन्य तीन जनाको समेत खोजी भएको थियो । त्यही क्रममा केहि दिन पहिले ज्वरो आएकाले परीक्षणका लागि नमुना लिइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *