उद्योग व्यापार संगठन बागलुङ नगर समितिको संयोजकमा हेमलाल पौडेल

  • आदर्श अनलाइन, बागलुङ
  • नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ नगर समितिको आइतबार भएको प्रथम भेलाले हेमलाल पौडेलको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति गठन गरको छ।

नगर समितिको सहसंयोजकमा कविता बस्नेत, सचिवमा भुपेन्द्र केसी, कोषाध्यक्षमा टेकबहादुर विश्वकर्मा, सहसचिव दिलिप केसी र सहकोषाध्यक्षमा गंगा गौतम रहनु भएको छ ।

साथै सदस्यहरुमा रुपा थापा, लाल प्रसाद पुन, दिपेन्द्र पुन, धनकाजि विश्वकर्मा, सुनिल लामा, उत्तम प्रसाद श्रेष्ठ, बद्री नारायण सापकोटा, तारा प्रसाद श्रेष्ठ, खिमबहादुर भण्डारी, सिला थापा, कृष्ण सापकोटा, टिकाराम शर्मा, तेजेन्द्र परियार, एकराज शर्मा र गोविन्द लम्साल रहेका छन् ।

कार्यक्रमका प्रमुख अथिति नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालले व्यापार सगठनको नेतृत्वले आम उद्योगी व्यवसायीको समस्या पहिचान गर्न र बागलुङको उद्योगी व्यवसायीको मनोबल उच्च हुने गरि कार्य गर्नु पर्ने बताउनु भयो ।

बजार र गाउँका आम व्यवसायीहरुले विभिन्न तरीकाले खेप्नु परेको हैरानी र दुखलाई हटाउन सबै व्यवसायी एकतावद्ध भएर त्यसको समाधान लागि लाग्नु पर्ने बताउनु भयो ।व्यवसायीले आफनो पेशामा सफल हुन निरन्तर मेहनत र कठोर संघर्ष गर्नु पर्ने चोखालको भनाई थियो ।

व्यापार संगठनको नेतृत्वले साना तथा मझौला उद्योगी व्यवसायीको हकहितमा केन्द्रीत हुनु पर्ने नेकपा माओवादी केन्द्र बागलुङका संयोजक राजिव घिमिरेले बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिका ईन्चार्ज तथा बानपा ४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिका अध्यक्ष तथा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य रतन मलेपती, नयाँ विश्वका प्रधान सम्पादक निर्मलबहादुर श्रेष्ठ, नेपाल दलित मुक्ति मोर्चाकी सचिव टिका विश्वकर्मा र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ नगर समितिका संयोजक हेमलाल पौडेलले मंसिर २२ गते बागलुङ बजारमा हुन लागेको नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ दोस्रो साधारण सभालाई भव्यता पूर्वक सम्पन्न गर्न व्यापार संगठन नगर समिति सक्रिय भएर लाग्ने बताउनु भयो ।

कार्यक्रम नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ नगर समितिका अध्यक्ष गगन बहादुर पुन मगरको अध्यक्षता, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ नगर समितिका सचिव हेमलाल पौडेलको स्वागत र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका महासचिव तथा नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष गोकुल कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *