बडिगाड ७ ले दियो गरिब तथा विपन्न परिवारलाई खाद्यान्न

आदर्श अनलाईन, बागलुङ
बडिगाड गाउँपालिका वडा नम्बर ७ ले गरिब, विपन्न तथा मजदुरलाई खाद्यान्न वितरण गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण विहान बेलुका हातमुख जोड्न गाह्रो भएका नागरिकहरुलाई वडा कार्यालयले खाद्यान्न वितरण गरेको वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।

वडा कार्यालयले स्थापना गरिएको राहात कोष मार्फत उनीहरुलाई खाद्यान्न वितरण गरेको उहाँको भनाई छ । वडाले गरिब तथा विपन्न परिवारको तथ्याङ्क संकलन गरि उनीहरुलाई चामल, तेल, दाल, नुन र हात धुने साबुन वितरण गरेको छ ।

वडा कार्यालयले २७ घर परिवारलाई खाद्यान्न वितरण गरिएको अध्यक्ष गुरुङको भनाई छ । सामान वितरण संगै चेतनममुलक कार्यक्रम समेत संचालन गरिएको छ ।

आफ्नो वडा भित्र क्वारेन्टाइनको समेत व्यवस्था गरिएको हुनाले सम्भावित जोखिममा रहेका नागरिकहरुलाई क्वारेन्टाइनमा बस्न समेत अनुरोध गर्दै क्वारेन्टाइनमा बस्दा लाग्ने सम्पूर्ण खर्च वडा कार्यालयले व्यहोर्ने समेत बताउनुभयो ।

वडा भित्र चैत्र १ गतेदेखि हालसम्म विभिन्न देशबाट आउनेको संख्या ११ जना रहेको र ती व्यक्तिहरुलाई वडा कार्यालय मार्फत विशेष निगरानी गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

अब जो कोहि पनि विदेशबाट आएको पनि सिधै क्वारेन्टाइनमा राख्ने समेत बताउनुभयो । राहत वितरण आज (आइतबार) पनि गरिने वडा कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *