धार्मिक पर्यटनका लागि उत्कृष्ट भविष्य कालिगण्डकी करिडोर

अमृत बास्कुन, म्याग्दी

भारतलाई चीन संग जोड्ने छोटो पर्ने राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान गौतम बुद्धको जन्मस्थान लुम्बीनी संग जोड्नका लागि महत्वपूर्ण भूमिका खेल्न थालेको छ । सडक पूर्ण रुपमा सञ्चालनमा आउनासाथ पवित्र धार्मिक स्थलहरु भगवान बुद्धको जन्मोभुमि लुम्बिनिका साथै देवघाट, रिडी, सेतीबेनी, गलेश्वर, मुक्तीनाथ, दामोदरकुण्ड तथा पर्यटीय महत्व बोकेका धेरै स्थानलाई जोड्नेछ । धार्मिक पर्यटक मात्रै नभएर भारत चीन क्रस बोर्डर ब्यापारीक प्रयोजनको लागि समेत यसले निकै राम्रो भूमिका खेल्नेछ ।

नेपाल सरकारले कालिगण्डकी करिडोरलाई देशको उत्तर दक्षिण सिमाना जोड्ने सबै भन्दा छोटो मार्गको रुपमा कल्पना गरी सुरुआत गरेको हो । यो सडक आयोजना पश्चात क्रस बोर्डर ब्यापार प्रवद्र्धन गर्ने, धार्मिक तथा अन्य पर्यटकको प्रवद्र्धन गर्नुका साथै स्थानी उत्पादनलाई अन्तरदेशिय ब्यापारकालागि पनि महत्वपूर्ण हुने घरपझोङ गाउँपालिका मार्फा मुस्ताङका दिपक लालचनको भनाई छ ।

भारत र चीनलालाई जोड्ने कालिगण्डकी करिडोरलाई दुई खण्डमा बिभाजन गरेर काम अगाडी बढाइएको छ । गैँडाकोट देखि राम्दी हुँदै मालढुङ्गा सडकखण्ड र मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक खण्ड गरी दुई भागमा विभाजन गरी काम भइरहेको छ । गैडाकोट मालढुङ्गा खण्ड २४० किलोमिटर रहेको छ भने मालढुङ्गा कोरला नाका २०२ किलोमिटर रहेको छ ।
कालिगण्डकी करिडोरलाई त्रिदेशीय सिधा सम्पर्क स्थापित गर्ने आर्थिक मार्गका रुपमा पनि लिन सकिने भए पनि यसलाई धार्मिक मार्गका रुपमा चित्रण गर्नेको संख्या पनि ठुलै छ । लुम्बिनिका साथै देवघाट, रिडी, सेतीबेनी, गलेश्वर, मुक्तीनाथ, दामोदरकुण्ड तथा पर्यटीय महत्व बोकेका धेरै स्थानलाई जोड्ने भएकाले यसलाई धार्मिक मार्ग मानिनु पर्ने मत पनि बलियो छ ।

कालिगण्डकी करिडोरको मालढुंगा कोरला मार्गको आयोजना १० अर्ब लागतमा निर्माण सम्पन्न गर्ने गरी अगाडी बढेको हो । यो आयोजना २०७३ मा सुरु भएर आर्थिक वर्ष २०७९/८० मा सकिने तय भएको भए पनि कामको अवस्था हेरेर २०८२/८३ मा सकिने गरी संसोधन भएको मालढुंगा बेनी जोमसोम कोरला कालिगण्डकी करिडोर सडक आयोजना जोमसोमका सूचना अधिकारी विष्णु चापागाइँले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल सम्म आयोजनाको समष्टिगत प्रगति हेर्दा ९० प्रतिशत भौतिक प्रगति र ८५ प्रतिशत बित्तिय प्रगति भएको छ । हाल सम्म २०२ किलोमिटर मध्ये १०५ किलोमिटरको कालोपत्रे ठेक्का ब्यवस्थापन भै हाल सम्म ६२ किमि कालोपत्रे भएको छ । जोमसोम कोरला खण्डको ९७ किमि सडकको ग्राभेल भएको छ । करिडोरमा २४ स्थानमापुल निर्माण गर्नु पर्नेमा १९ वटा ठेक्का लागि सकेको र १२ निर्माण सम्पन्न भैसकेको उहाँले जानकारी दिनुभयो । ३ वटा पुलको निर्माण जारी रहेको र ४ वटाको ठेक्का तोडीएको थियो । ५ वटा पुलको ठेक्का प्रकृयामा जान बाँकीरहेको आयोजनाले जनाएको छ ।

कालिगण्डकी करीडोर सडक आयोजनाको २०२ किलोमिटर मध्ये ग्राभेलकालागि ११० किलोमिटर ठेक्का लागेको थियो । हाल जोमसोम कागबेनी १३ किलोमिटर कालोपत्रे भै सकेको सूचन अधिकारी चापागाईले बताउनुभयो । हाल सम्मको अवस्थामा राघुघाट, घट्टेखोला, लेते, छाक्ताङ, मार्फाछुसाङ, स्याङ, पान्दाखोला, चराङ, लोमन्थाङ, किम्लिङ, नाम्दोक, भर्मामा पुल निर्माण भै सकेको छ । त्यस्तै सेतो, काबेनी, घमी खोलामा पुल निर्माण कार्य जारी रहेको र रुप्से, खहरे, कैकु र लार्जुङ खोला पुलको ठेक्का तोडेर हाल कैकु र लार्जुङ खोला पुलको ठेक्का खुलेको छ ।

करिडोर अन्तरगतको सडक १०५ किमि कालोपत्रे गर्ने लक्ष मध्ये ६२ किमि भै सकेको छ । अपर मुस्ताङमा ९७ किमि ग्राभेल गर्ने लक्ष्य मध्ये ९० किमि भै सकेकोछ । तोकीएको समयमा सडक निर्माण सम्पन्न गर्ने लक्ष सहित आयोजना तिब्र गतिमा काम अगाडी बढाई रहेको सूचना अधिकारी चापागाइँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *