जैमिनीमा सहकारिता, सहकारी ऐन, नियम तथा समसामयिक विषयमा अन्तरक्रिया

आदर्श अनलाइन, बागलुङ
बागलुङको जैमिनीमा सहकारिता, सहकारी ऐन, नियम तथा समसामयिक विषयमा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको आयोजना र जैमिनी नगरपालिकाको समन्वयमा गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले सहकारीलाई बजबुत बनाउनका लागि संचालक र शेयर सदस्यले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनुभयो । पछिल्लो समय नीति, विधि र सिद्धान्त अनुसार नचल्दा केही सहकारीमा समस्या आएको भन्दै सबै संस्था नराम्रो नभएको शर्माले उल्लेख गर्नुभयो ।

सहकारीले नाफामुलक मात्रै नभएर सेवा मुलक काममा लाग्नु पर्ने उहाँले जोड दिनुभयो । शेयर सदस्यलाई उत्पादनसँग जोड्ने र उनीहरुको जनजीवनमा परिवर्तन ल्याउन तर्फ लाग्नु पर्ने शर्माले बताउनुभयो ।

कार्यक्रममा बोल्न वक्ताहरुले सहकारीलाई पारदर्शीता र समास्या आउन नदिनका लागि नियामक निकायले समय–समयमा अनुगमन गर्नु पर्ने बताएका थिए । सहकारी व्यवस्थित नभए समाज माथि उठ्न नसक्ने भन्दै स्थानीय तहदेखि केन्द्रसम्मले यसलाई व्यवस्थित बनाउनु पर्ने वक्ताहरुले बताएका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)ले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश रजिष्ट्रार भेषराज रिजालको अध्यक्षता जिल्ला सहकारी संघ बागलुङका सचिव तेज शर्माको स्वागत र अधिकृत इश्वरी ढकालको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *