नगर बाल सन्जालद्वारा प्रतिभा पहिचान


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरस्तीर बाल सञ्जाल पछिल्लो समय सक्रिय बनेको छ । बागलुङ नगरस्तरीय बाल सन्जालको आयोजनामा प्रतिभा पहिचान कार्यक्रम शुरू गरिएको छ ।

पहिलो चरणमा दुई बिधामा प्रतिभा पहिचान गरिएको नगर बाल सन्जालका अध्यक्ष अनुशा कंडेलले जानकारी दिनुभयो ।
उहाँले साहित्य र संगित बिधामा प्रतिभा पहिचान कार्यक्रम गरिएको बताउनुभयो । बालमैत्री नाटक र मुल समारोह लगायत सचेतनामुलक कार्यक्रम मंसिर ३० गते विद्यामन्दिर माध्यामिक विद्यालयमा गर्ने तयारी रहेको बताउनुभयो ।
साहित्य प्रतिभा तर्फ प्रथम संस्कार गौतम, दोस्रो निलकण्ड पौडेल र तेस्रो बिना सुनार रहनुभएको छ ।

यस्तै संगित तर्फ प्रथम निरुता नेपाली र दोस्रो निर्जला पौडेल रहनुभएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नगर बालसञ्जालले विद्यार्थीलाई बालमैत्रीको विषयमा सचेतना जगाउन प्रतिभा पहिचान कार्यक्रमले सहयोग पु¥याएको बताउनुभयो ।
उहाँले विद्यार्थी नै विकासका संवाहक भएको बताउदै बालबालिकाको सुनौलो भविश्यका लागि नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न थालिएको बताउनुभयो ।

कार्यक्रममा बौल्दै नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेलले बालबालिकाले आयोजना गरेको कार्यक्रमले बालबालिकाको व्यक्तित्य विकास भएको बताउनुभयो । कार्यक्रममा शिक्षा निर्देशक अम्बिका प्रसाद आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम नगर बाल सञ्जालका अध्यक्ष अनुशा कँडेलको अध्यक्षता तथा समिक्षा कार्की र सिदार्थ ठकुरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *