भीमापोखराका दुई विद्यालयलाई २६ लाखको आइसीटी ल्याव सहयोग

आदर्श अनलाइन, बागलुङ
नेपाल इन्टरनेट फाउण्डेशन र एपीएनआइसी फाउण्डेशनले बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका दुई विद्यालयलाई २६ लाख बराबरको आइसीटी ल्यावका सामग्री सहयोग गरेका छन् । फाउण्डेशनले जनप्रिय आधारभूत र भीमादरबार आधारभूत विद्यालयलाई १४ थान कम्प्युटर, २ थान स्मार्ट बोर्ड, २ थान रंगीन प्रिन्टर, २ थान इन्भर्टर, २ थान सोलार प्यानल, १४ थान कुर्ची र १४ थान टेवल लगायतका सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठले जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक नरबहादुर थापा र भीमादरबार आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्रबहादुर थापालाई हस्तान्तरण हस्तान्तरण गर्नु भएको थियो । समाजसेवी श्री होमबहादुर हमालले आधुनिक प्रबिधिको विकास भएसँगै शिक्षालाई पनि प्रबिधिसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा काठेखोलाका गाउँपालिका–१ का अध्यक्ष खडक थापा, २ का अध्यक्ष विद्यापति शर्मा, युवा नेतृ गंगा थापा ‘भिक्षु’ र जनकल्याण माविका अध्यक्ष श्री ऋषिराम शर्माले कार्यक्रमको औचित्यबारे प्रस्ट पार्दै सहयोगी र आयोजकलाई धन्यवाद दिएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *