आदर्शद्वारा सुत्केरी भेटघाट र पोषण भत्ता प्रदान


आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारीका कर्मचारी स्टाफन केसीलाई सुत्केरी भेटघाट तथा पोषण भत्ता वितरण गरिएको छ । सञ्चार सहकारीको लेखापाल पदमा कार्यरत केसीलाई एक महिना अघि पुत्र लाभ भएको हो ।

सहकारीले संस्थामा कार्यरत महिला कर्मचारी सुत्केरी हुँदा सुत्केरी भेटघाट र पोषण भत्ता प्रदान गर्दै आएको छ ।

संस्थाका सचिव सरस्वती खड्का परियार, सञ्चालक गीता खड्का र अम्बिका जि.सी, संस्थाका प्रबन्धक दिपकराज सापकोटा, कर्जा विभाग प्रमुख रुपादेवी ढकाल, शेयर विभाग प्रमुख मनकुमारी के.सी. लगायतले केसीको घरमै पुगेर पोषण भत्ता स्वरुप रु. तीन हजार र दुई छोराकोे दीर्घकालिन खाता सञ्चालनका लागि एक÷एक हजार प्रदान गरिएको संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसँगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *