पत्रकार महासंघ बागलुङ शाखाका कार्यसमितिको पदस्थापन


पत्रकार महासंघ स्वतन्त्र ढंगले पैरवी गर्ने संस्था हो : मन्त्री पाठक


गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले पत्रकार महासंघ स्वतन्त्र ढंगले पैरवी गर्ने संस्था रहेको बताउनुभएको छ ।
पत्रकार महासंघ बागलुङ शाखाको ८ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री पाठकले पत्रकारहरुले स्वतन्त्र ढंगले बहश तथा पैरवी गर्ने संस्था पत्रकार महासंघ रहेको बताउनुभएको छ ।


कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पाठकले देशको सम्मानित क्षेत्र र समाजको ऐनाको रुपमा रहेको पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन आवश्यक रहको बताउनुभयो ।

पत्रकारिताको क्षेत्रमा पनि बिभिन्न खालका समस्या देखिएको चर्चा गर्दै मन्त्री पाठकले यो क्षेत्रमा राजनीतिकरण गर्न आवश्यक नरहेकोमा जोड दिदै आगमी दिनमा समृद्धिका पक्षमा समेत कलम चलाउनुपर्ने बताउनुभयो ।



नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आठौ अधिवेसनबाट निर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन समारोह सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको गत मंसीर २८ गते सम्पन्न आठौ अधिवेसनबाट राम थापा अविरलको नेतृत्वमा निर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन भएको हो ।



नवनिर्वाचित कार्यसमितिको घोषणा सहित निर्वाचन समितिका संयोजक हिराबहादुर केसीले सपथ गराउनु भएको थियो भने नवनिर्वाचित अध्यक्ष राम थापालाई निवर्तमान अध्यक्ष नरेश कँडेलले पदस्थापन गराउनु भएको थियो । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृृष्णप्रसाद पाठकले गर्नु भएको थियो ।



कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य एव पूर्व मन्त्री दिपेन्द्रबहादुर थापा, गण्डकी प्रदेश सभाका सदस्य जितबहादुर शेरचन, दिलमाया पौवी, नेकपा एमाले बागलुङका सचिव गणेश थापा, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, उद्योग बाणिज्य संघ बागलुङका बरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्य, महासंघका सल्लाहकार तारानाथ आचार्य र पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारीले मंतव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम पत्रकार महासंघका अध्यक्ष नरेश कँडेलको अध्यक्षता सहित स्वागत, सचिव बिजय राना र नवनिर्वाचित सचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो ।

पदस्थापन पछि बसेको पहिलो बैठकले ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गर्ने निर्णय गरेको अध्यक्ष राम थापाले जानकारी दिनुभयो । अवधारणा र कार्ययोजनासहित उक्त कोषको औपचारिक घोषणा छिट्टै गरिने थापाको भनाई छ । उहाँले ‘हामी सिक्छौँ, सिकाउँछौँ‘’ कार्यक्रमअन्तर्गत आगामी तीन वर्षभित्र पत्रकारका लागि विविध तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।


यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *