संक्रमित सँगै आएका बागलुङका युवालाई संक्रमण नभएको पुष्टि

आदर्श अनलाइन,बागलुङ

कोरोना संक्रमण पुष्टि भएकी युवतीसंगै एउटै बिमानमा आएका बागलुङका एक युवालाई संक्रमण नभएको पुष्टि भएको छ ।

कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट संक्रमित युवती संगै आएका ती युवाको कोरोना परिक्षण रिर्पोटमा नेगेटिभ देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा आइतबार कोरोना संक्रमण पुष्टि नभएको पर्वत जिल्ला अस्पतालका निमिक्त सुपरिटेण्डेन्ट डा. शिशीर देबकोटाले जानकारी दिनुभयो । उहाँलाई बिहीबार साँझ पर्वतको कुस्माबजार स्थित कोरोना अस्थाई अस्पतालमा राखेर स्वाब परिक्षणका लागि पठाइएको थियो । उहाँको घर बागलुङ भए पनि कुस्मा बजारमा आफन्तको घरमा होम क्वारेन्टाईनमा बस्दै आएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *