ठूला शहरमा निर्यात हुन थाल्यो बागलुङको किबी

आदर्श अनलाइन, बागलुङ
अन्य जिल्लामा किवी खेतीले बजार र मुल्य नपाएको कृषकहरुले गुनासो गरिरहेको बेला बागलुङमा उत्पादन भएको किबी भने जिल्ला बाहिर निर्यात हुन थालेको छ । यहाँको भकुण्डे, बिहुँ, बडिगाड, ढोरपाटन, निसीखोला र दुदिलाभाटी लगायतको स्थानमा उत्पादन भएको किबी निर्यात हुन थालेको छ । मुल्यमा गिरावट आएपनि किबी निर्यात भइरहेको किसानको भनाई छ । बागलुङमा उत्पादन भएको किबी बुटवल, पोखरा लगायतका स्थथानमा निर्यात भइरहेको छ ।

विदेशमा समेत प्रशस्त रुपमा उत्पादन हुने किबी बहुगुणी फल मध्यको पर्दछ । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका खिमानद कँडेलले उत्पादन गरेको किबी बुटवल र काठमाण्डौ पुगेको छ । उहाँले किबी बिक्रि गर्न थालेको दुई वर्ष भएको छ । कँडेलको १२ रोपनी क्षेत्रफलमा किबी खेती छ ।

यस्तै बागलुङको काठेखोला गाउँपालिका–७ का वडा अध्यक्ष प्रेम लामिछाने, बागलुङ नगरपालिका–९ का वडा अध्यक्ष राजु थापाले समेत यस वर्ष किबी बजारमा पठाउनुभएको छ । एक पटकको लगानीले वषौंसम्म आम्दानी दिने बहुगुणी फल किबी प्रति बागलुङका किसानको आकर्षण छ । मुल्य सस्तो भएपनि पोखरा, काठमाण्डौ, बुटवल तथा नारायणगढ सम्म किबी निर्यात भइरहेको बागलुङका किबी किसानको भनाई छ ।

यस वर्ष एक हजार केजी किबी काठमाण्डौ लगायतको ठूला शहरमा बजारीकरण गरेको किबी किसान खिमानन्द कँडेलले जानकारी दिनुभयो । किबीको मुल्य क्रमश घड्दै गएपनि उत्पादन बढ्दै गएको कँडेलको भनाई छ । प्रतिकेजी ३०० मा बिक्रि हुँदै आएको किबीले क्रमश बजार पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् ।

पछिल्लो समय बसाई सराईका कारण बाँझो जग्गा बढ्दै गएको खेतीयोग्य अन्य जग्गामा समेत काम गर्ने जनशक्ति अभाव भइरहेको सन्दर्भमा जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबी बनेको छ । किबीको उत्पादन बढेपछि ६०० पर्ने किबीको मुल्य भने घटेर ३०० प्रतिकेजीमा मुल्य झरेको भएपनि नेपालका ठूला शहरमा किबीको माग रहेको वडाअध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

केही वर्ष पहिलासम्म आयात गरेको किबी विक्रि गर्दै आएका बागलुङका फलफूल व्यवसायी अहिले बागलुङकै गाउँ–गाउँमा उत्पादन भएको किबी विक्रि गर्न भ्याइनभ्याई भएको बताउछन् । निसीखोला गाउँपालिका–४ स्थित लिला घर्तीले १२ रोपनी क्षेत्रफलमा उत्पादन गरेको किबी सोझै बुटवल पुगेको बताउनुहुन्छ ।

एक पटक गरेको लगानीले वर्षौ सम्म उत्पादन दिने घर्तीको भनाई । किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकी लगायतका बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले पनि बजारमा यसको माग बढी भएको स्वास्थ्यकर्मीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *