कोराना संकट: के गर्दैछन् बागलुङका राजनीतिक दल ?

दुई दशक जनप्रतिनिधि बिहिन बन्दा दलिय भागवण्डा सहितको भुमिकामा देखिएका राजनीतिक दल र नेताहरु पछिल्लो समय कमजोर भुमिकामा छन् ।

देश संघीय अभ्यासमा गएर तीन तहको सरकार बने पछि दलिय भुमिका स्वभाविक रुपमा गौण हुन्छ । तर, खास खास बेलामा जनप्रतिनिधि, सरकार र सरोकारवालाई समेत मार्गनिर्देश, खवरदारी सहित सचेत गराउने र समन्वय गर्ने सवालमा समेत दलहरु चुपचाप जस्ता देखिन्छन् । त्यसैले सामाजिक सञ्जालहरुमा पनि दलहरुको अतिरिक्त भुमिकाको खोजी हुन थालेको छ ।

कोरोना संकटको यो कठिन घडीमा दलहरु के गर्दैछन् ? बागलुङ जिल्लाका मुख्य राजनीतिक दल र त्यसका नेतृत्वकर्ता के भन्छन् ? आदर्श अनलाइनकर्मी डम्मर बुढाले जवाफ खोज्ने प्रयास गरेका छन्ः

इन्द्रलाल सापकोटा
अध्यक्ष
नेकपा जिल्ला कमिटी बागलुङ

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामको लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङले सबै तहमा जनचेतना फैलाउने काम गरिरहेको छ । यो समय लक डाउनको समय भएको हुँदा पार्टी यसलाई सफल पार्न तर्फ लागेको लागेको छ । लकडाउनलाई सफल पार्न हामीले आफ्ना भए जति सबै संयन्त्र चलाएका छौ । हुल बाँधेर हिँड्न भएन, टोल–टोलमा पुगेर जनतहरुलाई सतर्कता हुन चाहीँ लगाएका छौँ । संक्रमण रोक्नका लागि पार्टी सक्रियतापूर्वक लागेका छ । नागरिकहरुलाई सामाजिक सञ्जाल, फोन र स्थानीय जनप्रतिनिधि मार्फत सचेत बनाउने कार्य गरिरहेका छौ । नागरिकलाई संक्रमण रोक्नको लागि हामी स्थानीय स्तरबाट लागि परेका छौँ ।

दिपेन्द्र थापा
जिल्ला सभापति
नेपाली कांग्रेस,बागलुङ

नेपाली कांग्रेस बागलुङले कोरोना रोकथामका लागि बस्ती–बस्तीमा पुगेर नागरिकहरुलाई सचेत गराउने कार्य भइरहेको छ । थापाले हुलमुलमा सहयोग गर्दै हिँड्न नमिल्ने भन्दै पार्टी कार्यकर्ताले आ–आँफ्नो स्थानबाट नागरिहरुलाई सजक बनाउने र समस्यामा परेकालाई सहयोग गरिरहेको छ । हामीले सरकारले दिएको निर्देशन मान्नु पर्छ । यो समय लक डाउनको समय भएकाले हामी कर्यकर्ता जम्मा गरेर प्रचार प्रसार गर्दै हिँडेका छैनौँ र हिड्न पनि मिलेन । समस्यामा परेका नागरिकहरुलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्ने छौँ, गरिरहेका छौँ । अहिलेको अवस्थामा नागरिकहरुलाई सचेत बनाउने र समस्यामा परेकालाई सहयोग गर्ने बाहेक राजनीतिक पार्टीहरुले अरु कही गर्न सक्ने अवस्था छैन ।

अमर थापा
अध्यक्ष
राष्ट्रिय जनमोर्चा, बागलुङ

कोरोना भाइरस संक्रमण रोकथामको लागि राष्ट्रिय जनमोर्चा बागलुङले नागरिकहरुलाई सामाजिक सञ्जाल तथा फोन मार्फत सजग गराइरहेको छ । सरकारले दिएको निर्देशनलाई नागरिकलाई पालना गर्न लगाएको भन्र्दै सतर्कता अपनाउन आग्रह गरेको छ । राजनीतिक दलको काम सचेत बनाउने हो, सजग बनाउने हो, सरकारले जेजे नगर्न भनेको छ त्यो नगर भन्ने हो । घरमा बस सुरक्षित हौ भन्ने हो राजनीतिक पार्टीले, यहाँभन्दा के गर्न सकिन्छ राजनीतिक पार्टीले, सबै सरकारले बन्द गरेको छ, मान्छेलाई बाटोमा हिड्न दिएको छैन, यही कुराहरुको पालना गर भन्ने हो पार्टीले । यो समयमा बाहिर हिँड्न नमिल्ने भन्दै जनताहरुलाई फोन सामाजिक सञ्जालबाट सजग र सतर्कता हुने लगाउने हो ।

चित्र सापकोटा
संयोजक
समाजवादी पार्टी, बागलुङ

कोरोना भाइरस संक्रमण रोकथामको लागि समाजवादी पार्टी बागलुङले गाउँदेखि शहरसम्मका नागरिकहरुलाई सामाजिक सञ्जाल तथा फोन मार्फत सजग गराईरहेको छ । नागरिकका समस्यालाई बुझेर सम्बन्धित निकायसँग सहकार्य गरिरहेको छ । जनताको समस्या पहिचान गरेर हामीले गर्न सक्ने सहयोग हामीले गरेका छौँ र सरकारबाट हुनु पर्ने सहयोगको लागि सम्बन्धित निकायसँग सहकार्य गरेका छौँ । यो समय जनचेतना फैलाउन आवश्यक रहेकाले हामी यतैतिर लागेका छौँ ।

यो पनि पढ्नुहोस्

कोराना संकट: के गर्दैछन् बागलुङका राजनीतिक दल ?

  1. हामिहरु आ-आफ्नो ढंगले लागेकै छौँ । संपर्क , समन्वय , सुचना र सचेटनामा सक्रियनै छौँ । सरकार र आफ्नोपार्टीको निर्देशभित्र रहेर लकडाउनको सामाजिक अनुशासन र मर्यादालाई कडाईकासाथ पालन गर्ने अनि सबैले पालन गर्नुपर्ने कुराको अनुरोध गरिरहेकाछौं । यो माहाबिपत्तिको समयहो । स्व-सजगता र राज्यको निर्देशन सबै नागरिकहरुकोलागि यतिबेलाको केन्द्रीयता हो । अहिले सुरक्षित रहौं । सुरक्षित रहनसके भोलिकोदिनमा जनवादको प्रयोग गरौंला ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *