नयाँ विश्व सहकारीको तेस्रो साधारणसभा


आदर्श अनलाइन, बागलुङ

नयाँ विश्व बचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधारणसभा सम्पन्न भएको छ ।

साधारणासभाको उद्घाटनपछि बोल्दै प्रमुख अतिथि बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले सहकारी स्वायत्त भएकाले बचत तथा ऋण संगै समुदायसंग जोडेर उद्यमी सृजना गर्न आवश्यक रहेको बताउनुभयो । सही ढंगले चलेको सहकारीमा समस्या नभएको कंडेलले बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका पूर्व नगर प्रमुख जनकराज पौडेल, नेपाल परिवार नियोजन संघका केन्द्रिय कोषाध्यक्ष निर्माण कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

३३ जनाबाट शुरू भएको सहकारीमा हाल ८४ शेयर सदस्य रहेका छन् ।

साधारणसभामा उत्कृष्टक बाल बचत, उत्कृष्ट मुद्दती बचत, उत्कृष्ट बचत, उत्कृष्ट कारोबार, उत्कृष्ट कर्जा, उत्कृष्ट जोडी, शेयरवृद्धि र जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

साधारणासभामा सचिव मुकेशचन्द्र राजभण्डारीको प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रकाश राजभण्डारीको आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक विश्व राजभण्डारीको लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रम नयाँ विश्व बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवासचन्द्र राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष अर्जुन चोखालको स्वागत तथा सचिव मुकेशचन्द्र राजभण्डारीको सन्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *